नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुलाई भन्यो- कर्मचारीहरुको लागि वर्क फ्रम होमको व्यवस्था मिलाऊ

Technology Khabar ३० बैशाख २०७८, बिहीबार

नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुलाई भन्यो- कर्मचारीहरुको लागि वर्क फ्रम होमको व्यवस्था मिलाऊ

काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले इजाजत पत्र पाएका धितोपत्र दलाल (ब्रोकर), मर्चेण्ट बैंकर र सम्बद्ध सबै पक्षहरुलाई कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउन आग्रह गरेको छ ।

अनलाइन मार्फत सम्पूर्ण धितोपत्र कारोबार गर्न सकिने भएकोले सिष्टम सञ्चालन गर्न बाहेकका सबै कर्मचारीहरुलाई वर्क फ्रम होमको व्यवस्था मिलाउन सम्बन्धित पक्षहरुलाई बोर्डले अनुरोध गरेको हो ।

बोर्डले आज धितोपत्र दलाल, मर्चेन्ट बैंकर र सम्बद्ध सबै पक्षहरुका लागि एक जरुरी सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

यसैगरी धितोपत्र बोर्डले सिस्टम सर्पोट र सूचना प्रविधिसम्बन्धी कार्य वर्क फ्रम होममार्फत सञ्चालन गर्न पनि निर्देशन दिएको छ। सिस्टम सञ्चालनका लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन पनि निर्देशन दिएको छ।

लगानीकर्ताका गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेका कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्न र थप मोबाइल नम्बर उपलब्ध गराउन पनि बोर्डले निर्देशन दिएको छ।

यसका साथै बोर्डले ससाना लगानीकर्ताहरुलाई दैनिक घरखर्च वा औषधोपचारका लागि सेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकताअनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न निर्देशन दिएको छ।

त्यस्तै, नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी गरेका आदेश अनुसारका थप स्वास्थ्य सुरक्षा मापदण्डहरु तथा व्यवस्थाहरु पूर्ण रुपमा पालना गर्न पनि बोर्डले निर्देशन दिएको छ ।

easy care

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

ताजा समाचार