कोभिड-१९ संक्रमितहरुलाई सहयोग गर्न गैरआवासीय नेपाली संघको हटलाइन सेवा शुरु

Technology Khabar २६ बैशाख २०७८, आईतवार

कोभिड-१९ संक्रमितहरुलाई सहयोग गर्न गैरआवासीय नेपाली संघको हटलाइन सेवा शुरु

काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड १९ को बारेमा विभिन्न जानकारीहरु दिन र सो बारेमा हटलाइनमार्फत प्रश्नहरूको उत्तर दिन तथा कोरोना भाइरस संक्रमणको बारेमा सहजीकरण प्रदान गर्न सुरु गरेको छ।

चिकित्सा मार्गदर्शन र कोभिड सम्बन्धी प्रश्नहरु बारेमा छलफल गर्न नेपालको जुनसुकै ठाउँबाट पनि अब सिधै डाक्टरलाई कल गरेर जानकारी लिन सकिने व्यवस्था एनआरएनले गरेको छ ।

तपाईं हटलाइनमा डाक्टरलाई सम्पर्क गर्न सक्नुहुन्छ । कल सेन्टर नम्बर ९८८००३५००० वा सूचीमा भएका संलग्न व्यक्तिहरुलाई कल गर्न सक्नुहुनेछ,’ एनआरएन स्वास्थ्य कमिटीका अध्यक्ष डा संजिब सापकोटाले भने ।

यसको लागि एनआरएनले कल सेन्टरमा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कुनैपनि समय नेपालको कुनै पनि स्थानबाट डाक्टरको आवश्यकता परेका जो कोहीले हटलाइनमा सम्पर्क गर्न सक्दछन्।

यदि कल सेन्टरको नम्बर व्यस्त छ भनेपनि मानिसहरुले सूचीमा भएका अन्य डाक्टरलाई कल गर्न सक्ने व्यवस्था मिलाएको छ । 

यसका साथै जाे सुकै नेपालीले आफ्नो समस्या वा प्रश्न ईमेल मार्फत पनि पठाउन सक्ने र स्वास्थ्य विशेषज्ञले चाँडै नै जवाफ दिने एनआरएनको भनाई छ । यसको लागि [email protected] ईमेलमा सम्पर्क गर्न सकिनेछ ।

एनआरएनएले यो आपतकालिन चिकित्सा सेवा नभएको र कुनै शारीरिक परीक्षण प्रदान नगर्ने तर कोरोना संक्रमणको प्रबन्ध गर्नका लागि सुझाबहरू र सहजीकरण प्रदान गर्ने जनाएको छ ।

easy care

प्रकाशित: २६ बैशाख २०७८, आईतवार