एप्पलको आईओएस, आईप्याडओएस १४.५ र वाचओएस ७.४ सार्वजनिक

Technology Khabar १४ बैशाख २०७८, मंगलवार

एप्पलको आईओएस, आईप्याडओएस १४.५ र वाचओएस ७.४ सार्वजनिक

काठमाडौं ।

एप्पलले आफ्ना डिभाइसहरुका लागि आईओएस, आईप्याडओएस र वाचओएस १४.५ सार्वजनिक गरेको छ।

आईओएस १४.५ आईफोनको लागि आईप्याडओएस १४.५ आईप्याडका लागि र वाचओएस ७.४ एप्पल स्मार्टवाचका लागि ल्याइएका अपरेटिङ सिस्टमको अत्याधुनिक भर्जन हो।

नयाँ अपडेटअनुसार मास्क लगाइरहेका बेला अब एप्पल वाचमार्पत् आफ्नो आईफोन अनलक गर्न सकिनेछ।

यसका लागि फोनको सेटिङ्समा नयाँ ‘अनलक विथ एप्पल वाच’ अप्शन उपलब्ध हुनेछ र यसमार्फत् तपाईँले मास्क लगाइरहेका बेला आफ्नो आइफोन र एप्पल वाच पनि अनलक गर्न सक्नुहुनेछ। यो फिचर प्रयोग गर्नका लागि तपाईँकले वाचओएस ७.४ अपडेट गरेको हुनुपर्नेछ।

अर्को मुख्य फिचर एप ट्र्याकिङ ट्रान्सपरेन्सी हो जसले तपाईँलाई आफ्ना गतिविधि ट्र्याक गर्नका लागि प्रयोग गरिएका एपहरु कन्ट्रोल गर्न सक्नुहुनेछ। यी एपहरु अन्य कम्पनी तथा वेबसाइटसँग सम्बन्धित हुन्छन्।

यो अपडेट इन्सटल गरेपछि तपाईँका गतिबिधि ट्र्याक गरिरहेका एपहरुले गतिबिधि ट्र्याक गर्न तपाईँसँग अनुमति माग्नुपर्ने हुन्छ। तपाईँले एक क्लिकमा अनुमति दिन वा नदिन सक्नुहुन्छ।

आईओएस १४.५ ले एयरट्याग पनि सपोर्ट गर्दछ। यसमा एयरट्यागले डिभाइस ट्र्याक गर्नका लागि हार्डवयर तथा फाइन्ड माइ एप एक्टिभेट गर्छ।

सिरिमा पनि धेरै भ्वाइस अप्शनसहित अपडेट भएको छ।

अब सिरिमा भिन्न क्षेत्र र लिंगका १४ ओटा भ्वाइस अप्शन हुनेछन्। सिरिले अब तपाईँले एइयरपड वा बिट्स हेडफोन लगाएका बेला इन्कमिङ कल तथा कलरको नाम पढिदिन सक्छ भने तपाईँले ह्याण्ड्सफ्री रुपमा उत्तर दिन सक्नुहुनेछ। अब सिरिमार्फत आफ्ना इमर्जेन्सी कन्ट्याक्टलाई पनि कल गर्न सकिन्छ।

यसले ब्याट्रीको लेभल पनि राम्ररी देखाउनेछ तर यो फिचर भने आईफोन ११ सिरिजमा मात्र उपलब्ध हुनेछ।

easy care

प्रकाशित: १४ बैशाख २०७८, मंगलवार