१९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर: अनुसन्धान रिपोर्ट

Technology Khabar ११ बैशाख २०७८, शनिबार

१९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर: अनुसन्धान रिपोर्ट

काठमाडौं ।

नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

कोरोना महामारीले नेपालको शिक्षामा पारेको असरसम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्वविद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

शुक्रबार भएको भर्चुअल कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा. उमा प्रधानले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा बन्दाबन्दीको समयमा ७४ प्रतिशत विद्यार्थीले मोबाइल, १४ प्रतिशतले टेलिभिजन, ६ प्रतिशतले गुगल, २६ प्रतिशतले युट्युब र अध्ययन अध्यापनका लागि रेडियोको प्रयोग नै नगरेको देखाएको छ।

सो तथ्याङ्क ललितपुरका ४ वटाका क्षेत्रबाट संकलन गरिएको थियो । अनुसन्धानकर्ताकाअनुसार सो अनुसन्धान तथा डाटा संकलन गत वर्ष भएको लकडाउन र लकडाउन सकिएपछिको अवधिमा गरिएको हो ।

यसमा ४११ वटा सरकारी विद्यालय तथा १५ वटा निजी विद्यालयका विद्यार्थीहरुबाट तथ्याङ्क संकलन गरिएको थियो ।

प्रतिवेदन सार्वजनिक भएपश्चात शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालले कोभिड महामारी पश्चात नेपालको शिक्षामा परेको प्रभावलाई न्यूनिकरण गर्न मन्त्रालयको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने र स्थानिय निकायलाई समेत विद्यालय शिक्षा सुधारको लागि निर्देशन दिने प्रतिवद्धता जनाए । साथै नेपालको शिक्षामा कोभिडले पारेको असरको विषयका सार्वजनिक भएको प्रतिवेदन निकै सान्दर्भिक रहेको र भविषयमा यस प्रतिवेदनले नेपालको शिक्षा नीति बनाउन सहयोग गर्ने अपेक्षा समेत रहेको उनको भनाई थियो ।

त्यसैगरी लू निभाः बाल सरोकार समूहकी अध्यक्ष रुपा मुनाकर्मीले नेपालमा कोभिडका कारणले विद्यालय स्तरमा शिक्षण सिकाई बन्द भएपश्चात प्रविधिको प्रयोगमा वृद्धि भएपनि अध्यन अध्यापन प्रभावकारी नभएको बताइन् ।

easy care

प्रकाशित: ११ बैशाख २०७८, शनिबार

ताजा समाचार