एप्पलको लागि आपूर्ति गर्ने कम्पनीको सांघाई स्थित कारखानामा आगलागीमा ८ जनाको मृत्यु

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

एप्पलको लागि आपूर्ति गर्ने कम्पनीको सांघाई स्थित कारखानामा आगलागीमा ८ जनाको मृत्यु

काठमाडौं ।

अमेरिकी टेक कम्पनी एप्पलको लागि आपूर्ति गर्ने कम्पनीको सांघाई स्थित एक कारखानामा बिहीबार लागेको आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् ।

विशेषगरी इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यस कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो १ः३० बजे आगलागी शुरु भएको बताइएको छ ।

स्थानीय समयानुसार शुक्रबार बिहान ६ः२० बजे आगो निभाएको जिल्ला सरकारको सूचना कार्यालयले जनाएको छ । यस आगलागीमा परेर ज्यान गुमाएका आठ व्यक्तिको शव भेटिएको बताइएको छ ।

वरिपरिको वातावरण र पानी प्रदूषित नभएको प्रारम्भिक छानबिनमा सुझाव समितिले बताएको जनाइएको छ।

आगलागीको कारणका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

सो कम्पनी केसटेक ग्रुपको सहायक कम्पनी हो, जुन आफैंमा पेगाट्रनको स्वामित्वमा रहेको छ। केसटेक ताइवानमा आधारित एक निर्माता कम्पनी हो जसले एप्पलको म्याकबुक र आईप्याडका लागि केसिङ्ग निर्माण गर्दछ।

easy care

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार