एन्ड्रोइड १२ ले प्रयोग नभएका एप अटो हाइबरनेट गर्ने

Technology Khabar ७ बैशाख २०७८, मंगलवार

एन्ड्रोइड १२ ले प्रयोग नभएका एप अटो हाइबरनेट गर्ने

काठमाडौं ।

एन्ड्रोइड ११ मा ‘अटो रिभोक पर्मिशन्स’ नामको फिचर ल्याइएको थियो जसले कुनै पनि इजाजत दिइएको एप प्रयोग नभएको खण्डमा आफैं उक्त इजाजत फिर्ता लिन सक्थ्यो।

यो फिचरमा केही सुविधा थप गरेर अब एन्ड्रोइड १२ मा भने केही समयसम्म प्रयोग नभएका एपहरुलाई अटो हाइबरनेट गर्नेगरी विकास गरिएको छ।

यदि २ महिनासम्म कुनै एप एक पटक पनि प्रयोग भएको छैन भने पहिले त्यसको इजाजत मात्र फिर्ता लिइन्थ्यो भने अब अटो हाइबरनेट सुविधामार्फत् अपरेटिङ सिस्टमले उक्त एपलाई आफैंले हाइबरनेशन मोडमा राखेर यससँग सम्बन्धित कुनै टेम्पोररी फाइल छन् भने त्यसलाई डिलिट गरिदिनेछ।

अटो हाइबरनेट फिचर सेटिङ्स भित्रको एप्समा रहेको ‘अनयुज्ड एप्स’ मा रहेको पाइएको छ। पहिले ‘अटो रिभोक पर्मिसन्स’ को अप्शन भएको ठाउँमा अब ‘रिमुभ पर्मिसन्स एन्ड फ्रीअफ स्पेश’ अप्शन देख्न पाइनेछ।

यो फिचर एन्ड्रोइड १२ को लीक भएको भर्जनमा देखिएको हुनाले एन्ड्रोइडको नयाँ भर्जनको आगामी डेभलपर प्रिभ्यू अफ बिटामा देख्न पाइन्छ या पाइँदैन भन्ने यकिन भने छैन।

easy care

प्रकाशित: ७ बैशाख २०७८, मंगलवार