एडवार्ड स्नोडेनको एनएफटी ५४ लाख डलरमा बिक्री

Technology Khabar ५ बैशाख २०७८, आईतवार

एडवार्ड स्नोडेनको एनएफटी ५४ लाख डलरमा बिक्री

काठमाडौं ।

अमेरिकी राष्ट्रिय सुरक्षा निकायका गोप्य सूचना सार्वजनिक गर्ने एडवार्ड स्नोडेनको एनएटी ५४ लाख डलरमा बिक्री भएको छ।

उक्त रकम २२२४ ईटीएच इथेरियम क्रिप्टोकरेन्सी बराबर हुन आउँछ। उक्त एनएफटी सन्डेनले मास सर्भिलेन्स प्रोग्रामको विवरण सार्वजनिक गरेकोमा अमेरिकी कानुन उल्लंघन गरेको भन्दै उनको विरुद्ध अमेरिकाको एउटा पुनरावेदन अदालतले सुनाएको फैसलाका पेजहरु जोडेर स्नोडेनको अनुहारको आकृति बनाइएको कला हो।

उक्त कलाकृतिको नाम स्वतन्त्र बस अर्थात् ‘स्टे फ्री’ रहेको छ।

यसबाट आएको नाफा स्नोडेनलाई जाँदैन बरु उनी अध्यक्ष रहेको क्री फ्रीडम अफ प्रेस फाउन्डेशनलाई जान्छ। उक्त फाउन्डेशनको बोर्डमा अभिनेता जोन कुज्याक, ह्विशनब्लोअर डेनियल एल्सबर्ग तथा लेखक ग्लेन ग्रीनवाल्ड रहेका छन्।

‘हाल प्रचलनमा आइरहेको क्रिप्टोग्राफीले हाम्रो अधिकारको समर्थनमा महत्वपूरण भूमिका खेल्न सक्छ’, फ्रीडम अफ प्रेस फाउन्डेशनका तर्फबाट एक विज्ञप्तिमार्फत् स्नोडेनले भने, ‘यो अक्शनले प्रेस स्वतन्त्रता जोगाउने तथा सर्वसाधारणको सेवाका लागि इन्क्रिप्शनको मूल्यवान र गोप्यताको रक्षासम्बन्धी प्रयोगको विकासमा सहयोग पुर्याउँछ।’

हिजोआज मस्कोमा बस्दै आएका स्नोडेनले सन् २०१३ मा अमेरिकाको राष्ट्रिय सुरक्षा निकाय एनएसएका गोप्य सूचना कपी गरेर ग्रीनवाल्ड र डकुमेन्ट्री निर्माता लाउरा पोइत्रासलाई दिएका थिए।

स्नोडेनको जानकारीमा आधारित लेख द गार्जियन तथा द वाशिङ्टन पोस्टमा प्रकाशित भएर लोक सेवाका लागि पुलिट्जर पुरस्कारसमेत पाएको थियो।

उक्त सूचना बाहिरिएको ७ वर्षपछि अर्थात् सन् २०२० मा अमेरिकाको कोर्ट अप अपिल्स फर द नाइन्थ सर्किटले अमेरिकी जनताको फोन रेकर्ड गरेर आम निगरानी गर्नु अवैध ठहर्याएको थियो।

easy care

प्रकाशित: ५ बैशाख २०७८, आईतवार