माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा

Technology Khabar ३ बैशाख २०७८, शुक्रबार

माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा

काठमाडौं ।

माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्यू।आर।कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरे ।

उक्त कार्यक्रममा बोल्दै गर्भनर महाप्रसाद अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्यूआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए । उनले क्यूआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाइका लागि हरेक वर्ष देशबाट बाहिरिने ठूलो धनराशी कटौती हुने हुँदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने बताए ।

यसैगरी, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा। धवल शमशेर राणाले नेपालगञ्ज स्थित वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यू।आर।कोड सेवा शुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिए ।

बैंकका अध्यक्ष डा वीरेन्द्र प्रसाद महतोले पवित्र धार्मिक स्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्यूआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्यूआर कोड बारेमा जानकारी गराएका थिए ।

डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिदै जाने बैंकको भनाई छ ।

easy care

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार