प्रयोगकर्तालाई प्रबर्द्धित सामग्री सुझाएकोमा इन्स्टाग्रामले माफी माग्यो

Technology Khabar ३ बैशाख २०७८, शुक्रबार

प्रयोगकर्तालाई प्रबर्द्धित सामग्री सुझाएकोमा इन्स्टाग्रामले माफी माग्यो

काठमाडौं ।

इन्स्टाग्रामले डाइट सामग्रीका बारेमा प्रबर्द्धित सामग्रीको सुझाव पठाइएकोमा माफी मागेको छ। खानेकुरा सम्बन्धी समस्या भएका प्रयोगकर्ताको सर्च अप्शनमा आफ्नो अल्गोरिदमले अटोमेटिक रुपमा एपेटाइट सप्रेसन्ट्स र फास्टिङजस्ता शब्दावलीहरु सुझाएकोमा कम्पनीले माफी मागेको हो।

खानेकुरा सम्बन्धी समस्या भएकाहरुका अभियन्ताले यस्ता सामग्री सुझाउँदा सहजै पत्याउने खालका प्रयोगकर्ताले यस्ता सामग्री प्रयोग गर्ने र त्यसले उनीहरुको अवस्था अझ कमजोर बनाउन सक्ने बीबीसीलाई बताएका थिए।

इन्स्टाग्रामले ती हानिकारक सामग्रीहरु हटाइसकिएको बताएको छ।

फेसबुकका एक प्रवक्ताले ‘गल्ती’ भएको र सोमबार यसको समाधान भइसकेको बीबीसीलाई बताए।

‘हामीले इन्स्टाग्राममा ह्याशट्याग र यूजरनेम बाहेक भर्खरै नयाँ सर्च फङ्शन शुरु गरेका छैं जसले यूजरलाई आफ्नो रुची भएका विभिन्न विषयको सामग्री खोज्न सहज बनाउँछ’, उनले भने ।

ती प्रवक्ताले अगाडि थपे, ‘नयाँ फिचरका रुपमा तपाईँले सर्चबारमा ट्याप गरेपछि हामी तपाईँले सर्च गर्न खोज्नुभएका विभिन्न विषयहरु सुझाउँछैं। ती सुझाव तथा सर्च रिजल्टहरु मानिसको सामान्य रुचीका विषयहरुमध्येका हुने र तोल घटाउने विषय त्यो सूचीमा पर्नु नपर्ने विषय हो।’

easy care

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार