रियलमी सी १५ स्मार्टफोनको मूल्य घट्यो

Technology Khabar २५ चैत्र २०७७, बुधबार

रियलमी सी १५ स्मार्टफोनको मूल्य घट्यो

काठमाडौं ।

रियलमीले रियलमी सी १५ स्मार्टफोनको मूल्य घटाएको छ। रियलमी सी १५ को घटेको मूल्य १८ हजार ५९० रहेको छ ।

यसबाहेक रियलमी सी–१५ माजियोमेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६.५ इन्चको एलसीडी फुलस्क्रिनका साथवाडीर स्क्रिनको उच्च अनुपात रहेको तथा यसमा अल्ट्रावाइड क्वाड (४ वटा लेन्स भएको) क्यामेराको विशेषता रहेको छ।

रियलमी विश्वभरका ७ करोड स्मार्टफोन प्रयोगकर्ताको सूचिमा ७औँ स्थानमा पर्दछ र अहिले सबैभन्दा तीव्र रुपमा विश्वमाबजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड हो ।

अद्भूत गुणस्तरीय उत्पादन, शानदार ब्याट्री र उत्कृष्ट अल्ट्रा लार्ज डिस्प्ले र आकर्षक डिजाइनका साथ रियलमी सी सिरिजको मोबाइलफोन इन्ट्री लेभलमा सर्वोत्तम विकल्प बन्न पुगेको छ ।

६ हजार एमएएच रहेको अल्ट्रा–लंग मेगाब्याट्री

रियलमी सि–१५ को मोबाइलफोनमा ६ हजार एमएएच मेगा ब्याट्री र १८ वाट तीव्र चार्जिङ विशेषता राखेको छ, जसले एकपटकको चार्जमा ४४ घण्टासम्म निरन्तर फोनकल र २६.८ घण्टा निरन्तर युट्युब हेर्न सकिन्छ र ४८ दिनसम्मकालागिफोन स्ट्यान्डबाइ रहन सक्छ ।

यसैगरी रियलमी सी–१५ मा क्विकफ्रिज एपको पनि विशेषता थपिएको छ जसले ब्याकग्राउन्ड एपको ब्याट्री प्रयोग घटाउने, स्क्रिन ब्याट्री अप्टीमाइजेशनले डिस्प्लेका इफेक्ट कम गरी फोनको स्थिरता कायमगर्ने र स्लीप स्ट्यान्डबाइ अप्टिमाइजेशनले न्यून मोडमा पनि फोन चलाउन सकिने जस्ता विशेषताहरु रहेका छन् ।

ओटीजी डेटा केबल उपयोगको माध्यमद्वारा रियलमी सी १५ ले मोबाइलफोन र अन्य केहीएआइओटी उत्पादनचार्ज गर्न सक्ने सामथ्र्य पनि राख्दछ । किनभने यसमा मेगा ब्याट्रीको प्रयोग गरिएको छ । रियलमीमाभएको १८ वाट तिब्रचार्जले ३० मिनेटमा १५ सय एमएएचपी ब्याट्रीमा २५ प्रतिशतचार्जगर्न सकिन्छ ।

दैनिकप्रयोजनमागुणस्तरीय

विशेषगरी रियलमीले युवापिढीलाई लक्षित गरी रियलमी सी–१५ निर्माण गरेकोले यसमावास्तविकउत्कृष्ट बनावट र‘पावर व्लु’(नीलो)तथॉपावर सिल्भर’(चाँदी) गरी २ भिन्न रङमायसलाई प्रस्तुत गरेको छ । यि रङहरु अनन्तनिलो समुद्र र उडिरहेका समुद्री चराहरुबाट प्रभावितभएको कम्पनीको भनाइछ ।

यो फोनमा छिटा प्रतिरोध गर्ने प्रविधि रहेको छ । दैनिकप्रयोग गर्दा फोहोरबाट हुने समस्याबाट बचाउन डस्ट प्रुफ डिजाइन गरिएको छ । यस फोनमा दैनिक प्रयोजनमा प्रयोग हुने एयरफोन, युएसबीहरु लाग्नेपोर्टहरुमा सिलिकोनले बन्दगरिएको छ । स्क्रिन माथी रहेको स्पीकरलाई धुलो प्रतिरोध बनाइएको छ जसले गर्दा फोन कलको गुणस्तर कायम रहन्छ ।

६.५ इन्चको मिनी ड्रप डिजाइन सहितएआई क्वाड क्यामेरा

कम्पनीले मोबाइलमा ६.५ इन्चको मिनीड्रप डिजाइनमा क्वाड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ । ६.५ इन्चको स्क्रिनका कारण यसमाखिचिएको भिडियो एकदमै उत्कृष्ट हुन्छ ।यसमा रहेको स्न्याप ड्रागन४६० ८—कोर प्रोसेसरले गर्दा दैनिक प्रयोजन हुने एपवा गेम निर्बाध चल्छ । यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदाहोस् वा युट्युबमा भिडियो हेर्दा अथवाफोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ ।

यस फोनमा पछाडिपट्टीको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ । यस्तै अगाडिपट्टी ८ एमपीको क्यामेरा राखिएकोमायसले १०८० पीमा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा प्रदान गरेको छ भने यसमाफोटो, एआई ब्युटी लगायतका सुविधा प्रदान गरेको छ ।

अन्य स्मार्टफोनसँग प्रतिस्पर्धामा आउन नसकेपछि स्मार्टफोनहरुको मूलय घटाउने प्रवृत्ति नै बनिसकेको छ।

easy care

प्रकाशित: २५ चैत्र २०७७, बुधबार