बोएक्ससँग मर्जरपछि पहिलो पटक शेयर निस्कासन गर्दै वीवर्क

Technology Khabar १६ चैत्र २०७७, सोमबार

बोएक्ससँग मर्जरपछि पहिलो पटक शेयर निस्कासन गर्दै वीवर्क

काठमाडौं ।

दुई वर्षअघि घोषित आईपीओ ल्याउनुअगावै टाट पल्टिएको अफिस शेयरिङ स्टार्ट अप वी वर्क अन्तत: शेयर निस्कासन गर्ने भएको छ।

गएको शुक्रबार वी वर्कले विशेष कारण भन्दै बोएक्स अक्विजिसन कर्पसँग मर्जर गरेको घोषणा गरेको थियो।

यो मर्जरबाट वी वर्कलाई ९ अर्ब डलर फाइदा हुने देखिएको छ जुन पहिले घोषणा गरिएको आईपीओ आउन सकेको भए ४७ अर्ब डलर फाइदा हुने देखिएको थियो।

वी वर्क एउटा रियल इस्टेट फर्म हो जसले टेक स्टार्टअप हरुलाई मिलेर काम गर्ने ठाउँ उपलब्ध गराउँछ। यसले सन् २०१९ मा व्यवस्थापनमा खराबी तथा अत्यधिक ऋणको कारण देखाउँदै आईपीओ निस्कासनमा ढिलासुस्ती गरेको थियो।

सन् २०१६ र २०१९ को बीचमा कम्पनीले ४ अर्ब डलर घाटा ब्यहोरेको तथ्याङ्क छ।

त्यसलगत्तै, वी वर्कका सह संस्थापक तथा प्रमुख कार्यकारी अदाम न्यूमनले प्रमुख कार्यकारीको पदबाट राजीनामा गर्न सहमत भएपछि हजारैं कर्मचारीले जागिर गुमाएका थिए। यसपछि त्यहाँको नियामक निकाय सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले उक्त घटनाका बारेमा अनुसन्धान थालेको थियो।

तर अब ती अप्ठ्यारा दिनहरु सकिएको वी वर्कले जनाएको छ।

‘वी वर्कले गएको वर्ष आफ्नो उद्देश्यप्रति केन्द्रित हुँदै व्यवसायलाई अगाडि बढाउनका लागि खर्च गर्यैं। यसो गर्दै गर्दा साथमा ऐतिहासिक अधोगतिबाट उठ्न नवीन प्रक्रियाका साथ व्यवस्थापनलाई पनि अघि बढायाैं’, वी वर्कका सीईओ सन्दीप मठरानीले आफ्नो ब्लगमा लेखे, ‘परिणामस्वरुप वी वर्क ‘लचिलो कार्यस्थल’ का क्षेत्रमा विश्वव्यापी नेतृत्वमा अग्रस्थानमा आउन सफल भएको छ।’

easy care

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

ताजा समाचार