शाओमीद्वारा फोनको ब्याट्री पड्किने समस्या हटाउने पेटेन्ट दर्ता

Technology Khabar १३ चैत्र २०७७, शुक्रबार

शाओमीद्वारा फोनको ब्याट्री पड्किने समस्या हटाउने पेटेन्ट दर्ता

काठमाडौं ।

शाओमीले हालै ब्याट्री तातेर आगलागी हुने तथा पड्किने समस्या हटाउने नयाँ पेटेन्ट दर्ता गराएको छ। यो पेटेन्टको नाम ‘ब्याट्री चार्ज गर्ने तरिका, डिभाइस र माध्यम’ रहेको छ।

आईटीहोमका रिपोर्टअनुसार सीएन११२५४२८६१ए प्रकाशन नम्बर भएको यो पेटेन्ट गएको मार्च २३ तारिखका दिन प्रकाशित भएको हो। कम्पनीका अनुसार उक्त पेटेन्टमा रियल टाइममा ब्याट्री चार्ज गर्ने प्रक्रियाको अनुगमन गर्न सकिने छ।

त्यसैले धेरै बेर चार्ज गर्दा ब्याट्री तातेर आगो सल्किने पड्किने नभइ यो आफसेआफ फ्लोटिङ चार्जिङ मोडमा जान्‍छ र सम्भावित दुर्घटनाबाट जोगाउँछ।

सामान्यतया ब्याट्री चार्ज गर्दा सुरुमा ब्याट्री करेन्ट चार्जिङ साइकलमा रहन्छ र त्यसको केही बेरपछि फ्लोटिङ चार्जिङ मोडमा जान्छ। तर यदि ब्याट्री करेन्ट चार्जिङ मोडमा धेरै बेर रहेमा ब्याट्री बिग्रने तथा प्रयोगकर्तालाई खतरा आउन सक्छ।

त्यसैले यस प्रविधिले चार्जको रियल टाइममा अनुगमन गर्छ र पड्किन वा आगलागी हुनबाट जोगाउन ब्याट्रीलाई फ्लोटिङ मोडमा लैजान्छ। यसबाट हाइ भोल्टेज आउँदा पनि ब्याट्री र डिभाइस जोगाउन सकिन्छ।

easy care

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

ताजा समाचार