कामना सेवा विकास बैंकको अनलाईन बचत खाता, मोबाईल र ईन्टरनेट बैकिङ पहिलो वर्ष नि:शुल्क

Technology Khabar ९ चैत्र २०७७, सोमबार

कामना सेवा विकास बैंकको अनलाईन बचत खाता, मोबाईल र ईन्टरनेट बैकिङ पहिलो वर्ष नि:शुल्क

काठमाडौं ।

कामना सेवा विकास बैंकले के.एस ईन्स्टा नामक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकको वेवसाईट मार्फत केहि मिनेटमै खाता खोल्न मिल्ने सुविधासहित यो सेवा संचालनमा ल्याएको हो।

उक्त खातामार्फत बैंकहरुले बार्षिक १ लाखसम्मको कारोबार गर्न सक्नेछन् ।

उच्चतम ब्याजदर सहितको उक्त बचत खातामा पहिलो वर्ष नि:शुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा पनि छ।

बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदीको पनि विशेष उपस्थिती थियो ।

कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १ सय २४ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बैंकिङ प्लेटर्फम मार्फत ग्राहकहरुलाई विविध किसीमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको जनाएको छ।

easy care

प्रकाशित: ९ चैत्र २०७७, सोमबार