आईफोन १२ को बक्समा चार्जर नराखेको भन्दै एप्पललाई २० लाख डलर जरिवाना

Technology Khabar ८ चैत्र २०७७, आईतवार

आईफोन १२ को बक्समा चार्जर नराखेको भन्दै एप्पललाई २० लाख डलर जरिवाना

काठमाडौं ।

ब्राजिलको साओ पाओलो राज्यले आईफोन १२ को बक्समा चार्जर समावेश नगरेको भन्दै एप्पललाई २० लाख डलर जरिवाना गरेको छ।

राज्यको ब्राजिली उपभोक्ता संरक्षण नियामक प्रोकोन एसपीको साओ पनओलो राज्यमा रहेको कार्यालयले यस्तो जरिवाना गरेको हो।

प्रोकोन ले ‘भ्रामक विज्ञापन गरेको, चार्जरविना मोबाइल सर्ट बेचेको र अनुचित ढंगले व्यापार गरेको’ कसुरबापत् यो जरिवाना गराएको जनाएको छ।

प्रोकोन एसपीले एप्पलमाथि सोधपूछ र जरिवाना लगाएको यो पहिलो पटक भने होइन।

अहिले प्रोकोनले आफूहरुले एप्पललाई सोधेका केही प्रश्नहरुको जवाफ नदिएको आरोप लगाएको छ। ती प्रश्नहरुमा चार्जर हटाएपछि आईफोन १२ को मूल्य घट्यो कि घटेन? चार्जर भएको र नभएको आईफोन १२ को मूल्य कति हो? तथा कम्पनीले चार्जरको उत्पादन घटाएको हो? जस्ता रहेका थिए।

आईफोन १२ मिनिको अमेरिकामा ७२९ डलर पर्छ भने त्यसैलाई ब्राजिलमा १२०० डलर पर्दछ।

आईफोन १२ मा चार्जर हटाइएको र नयाँ विज्ञापन आईफोन ११ का युजरहरुले एप्पलले आफ्ना पानीमा परेर समस्या भएका स्मार्टफोन मर्मत नगरिदिएको, आईओएस अपडेटमा समस्या र बिक्री पछिको सेवाका दायित्वबाट पन्छिएको प्रोकोनको आरोप छ।

easy care

प्रकाशित: ८ चैत्र २०७७, आईतवार