एनसेल सापटी कसरी लिने? यस्तो छ तरिका

Technology Khabar ८ चैत्र २०७७, आईतवार

एनसेल सापटी कसरी लिने? यस्तो छ तरिका

काठमाडौं ।

एनेसेलले आफ्ना ग्राहकहरुलाई ब्यालेन्स सकिएर अप्ठेरो परेको बेला सहजताका लागि सापटी सेवा सुरु गरेको धेरै समय भइसकेको छ। पहिले २० रुपैयाँ सम्म सापटी लिन सकिनेमा केही समयअघि डबल सापटी नाम दिएर कम्पनीले त्यसलाई ४० रुपैयाँसम्म लिन सक्ने बनाएको छ।

कसरी लिने सापटी

यसका लागि आफ्नो  *९९८८# मा डायल गर्नुपर्छ।

यसका लागि मोबाइलको ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएको हुनुपर्छ।

प्राप्त भएको सापटी रकम मेन ब्यालेन्समा जोडिनेछ भने यसबाट ग्राहकले कुनै पनि नेटवर्कमा कल गर्न इन्टरनेट चलाउन एसएमएस गर्नका लागि प्रयोग गर्न सक्छन्।

कति समयसम्म म्याद हुन्छ?

यसरी प्राप्त रकमको म्याद सकिँदैन।

यो सेवाका लागि प्रिपेड सिम हुनु आवश्यक हुन्छ। पोस्टपेड ग्राहकले यो सुविधा प्रयोग गर्न पाउँदैनन्। त्यस बाहेक सिम कार्ड चलाएको कम्तीमा १ महिना वा त्योभन्दा बढी भएको हुनुपर्दछ।

यसरी सापटी लिएको रकममा २ रुपैयाँ जोडेर उक्त ग्राहकले रिचार्ज गरेपछि काटिन्छ। यदि ग्राहकले रिचार्ज गरेको रकम ४० रुपैयाँभन्दा घटी भएमा सबै रकम काटिनेछ र नपुगेको रकम अर्को पटक रिचार्ज गर्दा काटिनेछ।

यदि तपाईँले यो सेवा लिइसकेपछि रिचार्ज गरिएन भने पनि फोन रिसिभ गर्न भने रोकिँदैन।

सापटी लिएको रकम नतिरी फेरि लिन पाइन्छ?

सापटी लिनका लागि अघिल्लो सापटी रकम रिचार्जमार्फत् तिरिएको हुनुपर्छ। सापटी नतिरी नयाँ सापटी लिन सकिँदैन।

सापटी लिनका लागि समय वा बारले फरक पार्दैन दिउँसो राति जुनसुकै बेला र हप्ताको कुनै पनि दिन सापटी लिन सकिन्छ।

सापटीमा पछि लिइने रकममा कर समावेश गरिएको छैन। यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ। २ रुपैयाँ लिनु छ भने २ रुपैयाँ र त्यसको १३ प्रतिशतले हुन आउने रकम जोडेर काटिनेछ।

यो पनि हेर्नुस्-

नेपाल टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्याण्ड, यस्ता छन् प्याकेज र मूल्य

easy care

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

ताजा समाचार