नेपाल टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्याण्ड, यस्ता छन् प्याकेज र मूल्य

Technology Khabar ७ चैत्र २०७७, शनिबार

नेपाल टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्याण्ड, यस्ता छन् प्याकेज र मूल्य
Classic Tech

नेपाल टेलिकमले केही समयअघिदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड नामको इन्टरनेट सेवा सुरु गरेको छ।

एफटीटीएच, तारवाला फोन नपुगेको र वाईफाई सेवा उपलब्ध नभएको ठाउँका लागि लक्षित गरेर फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस सुरु गरेको हो।

डाटा चलाउने ग्राहकले सीपीई ( कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोगगरी होम ब्रोडब्याड सेवाबाट इन्टरनेट प्रयोग गर्न सक्नेछन्।

यसका लागि कम्पनीले डाटा भोल्युम तथा भ्यालिडिटी अनुसारका विभिन्न मूल्यका प्याकेजहरु उपलब्ध गराएको छ।

यस्ता छन् प्याकेज:

१. एप्लिकेशन स्पेसिफिक प्याकेज-दिनको १ जीबी डाटा (मासिक)

यो प्याकेज विशेषगरी युट्युब र फेसबुकजस्ता एप्लिकेशन चलाउनका लागि ल्याइएको हो। यसका लागि ग्राहकहरुले ३० जीबी मुख्य डाटा तथा युट्युब र फेसबुक चलाउन प्रतिदिन १ जीबी डाटा पाउनेछन्। यसको भ्यालिडिटी ३० दिनको हुनेछ। मुख्य डाटा ३० जीबी र युट्युब र फेसबुकमात्र चल्ने ३० जीबी गरी एक महिनामा ६० जीबी डाटा भोल्युम पाइनेछ।

यसका लागि ग्राहकहरुले ९०० रुपैयाँको मासिक सब्सक्रिप्सन गर्नुपर्ने हुन्छ। यो ९०० मा कुनै अतरिक्त कर लाग्नेछैन। तिर्नुपर्ने सबै करहरु समावेश गरेर ९०० रुपैयाँ मूल्य निर्धारण गरिएको हो।

२. एप्लिकेशन स्पेसिफिक प्याकेज-दिनको १ जीबी डाटा (वार्षिक)

यो युट्युब र फेसबुकजस्ता एप्लिकेशन चलाउनका लागि एप्लिकेशन स्पेसिफिक प्याकेजको १ वर्ष भ्यालिडिटी भएको संस्करण हो। यसमा पनि ग्राहकहरुले युट्युब र फेसबुक चलाउन प्रतिदिन १ जीबी डाटा पाउनेछन्।

यसको भ्यालिडिटी भने १ वर्षको हुनेछ। प्रतिदिन मुख्य डाटा १ जीबी र युट्युब र फेसबुकमात्र चल्ने १ जीबी गरी एक वर्षमा ७२० जीबी डाटा भोल्युम पाइनेछ।

यसका लागि ग्राहकहरुले सबै करसहित जम्मा ९६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

३. एप्लिकेशन स्पेसिफिक प्याकेज-दिनको २ जीबी डाटा (मासिक)

यो युट्युब र फेसबुकजस्ता एप्लिकेशन चलाउनका लागि ल्याइएको प्याकेझको दैनिक २ जीबी डाटा पाइने संस्करण हो। यसका लागि ग्राहकहरुले एक महिनासम्म प्रतिदिन २ जीबी मुख्य डाटा तथा युट्युब र फेसबुक चलाउन प्रतिदिन २ जीबी डाटा पाउनेछन्। यसको भ्यालिडिटी ३० दिनको हुनेछ।

यस अन्तर्गत मुख्य डाटा ६० जीबी र युट्युब र फेसबुकमात्र चल्ने ६० जीबी गरी एक महिनामा १२० जीबी डाटा भोल्युम पाइनेछ।

यसका लागि ग्राहकहरुले १५०० रुपैयाँको मासिक सब्सक्रिप्सन गर्नुपर्ने हुन्छ। यो १५०० मा कुनै अतरिक्त कर लाग्नेछैन। तिर्नुपर्ने सबै करहरु समावेश गरेर १५०० रुपैयाँ मूल्य निर्धारण गरिएको हो।

४. एप्लिकेशन स्पेसिफिक प्याकेज-दिनको २ जीबी डाटा (वार्षिक)

विशेष एप्लिकेशन चलाउनका लागि ल्याइएको यो प्याकेज पनि १ वर्ष भ्यालिडिटी भएको संस्करण हो। यसमा पनि ग्राहकहरुले युट्युब र फेसबुक चलाउन प्रतिदिन २ जीबी डाटा पाउनेछन्।

वार्षिक प्याकेज भएकाले यसको भ्यालिडिटी १ वर्षको हुनेछ। यस अन्तर्गत प्रतिदिन मुख्य डाटा २ जीबी र युट्युब र फेसबुकमात्र चल्ने २ जीबी गरी एक वर्षमा १४४० जीबी डाटा भोल्युम पाइनेछ।

यसका लागि ग्राहकहरुले सबै करसहित जम्मा १६००० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

यो पनि हेर्नुस्-

स्मार्टफोनका यी तरिकाहरू निकै उपयोगी छन्, आफ्नो फोनका गोप्य फिचरहरू थाहा पाउनुस्

TK Viber

प्रकाशित: ७ चैत्र २०७७, शनिबार

Loading...