बैंक अफ काठमाण्डूको क्यूआर सेवा पूर्वी नेपालका विभिन्न यातायात सेवाहरुमा उपलब्ध

Technology Khabar २८ फाल्गुन २०७७, शुक्रबार

बैंक अफ काठमाण्डूको क्यूआर सेवा पूर्वी नेपालका विभिन्न यातायात सेवाहरुमा उपलब्ध
Classic Tech

बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार क्यूआर विस्तारित गर्नेक्रममा पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यूआर सेवा सुभारम्भ गरेको छ।

बैंकले फागुण २८ गते एक औपचारिक कार्यक्रमका बिच सेवा शुभारम्भ गरेको हो । उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशिक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्यूआर हस्तान्तरण गरे ।

यस सेवाको शुभारम्भ संगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गर्नुहुने सम्पूर्ण महानुभावहरुले बसमा राखीएको बैंक अफ काठमाण्डूले हस्तान्तरण गरेको क्यूआरलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् ।

साथै,कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त यस बस सेवा प्रयोग गर्ने सम्पूर्ण महानुभावहरुले क्यूआर स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकद्वारा राखिएको क्यूआर छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआर स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । सेवाग्राहीले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

TK Viber

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

Loading...