सफ्ट्वेरिका कलेजमा दोस्रो आईओटी एक्स्पो सुरु

Technology Khabar २८ फाल्गुन २०७७, शुक्रबार

सफ्ट्वेरिका कलेजमा दोस्रो आईओटी एक्स्पो सुरु

काठमाडौं ।

सफ्ट्वेरिका कलेज डिल्लीबजारमा दोस्रो आईओटी एक्स्पो सुरु भएको छ।

आजदेखि चैत २ गतेसम्म चल्ने एक्स्पोमा कलेजका विद्यार्थीहरुद्वारा बनाइएका मेशिन, रोबोट, सवारी साधनलगायतका विभिन्न प्रविधिजन्य सामग्रीहरु प्रदर्शनमा राखिएको छ।

यो प्रदर्शनीको मुख्य आकर्षण अटोनोमस भेहिकल (स्वायत्त वा स्वचालित सवारी साधन) हो। यी भेहिकलमा प्रयोग भएका फ्रेम र डिजाइनदेखि सबै यहीँका विद्यार्थीहरुले बनाएका हुन्।

यसका साथै मेशिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्सयुक्त (एआई इनेबल्ड) ड्रोन, पियानो बजाउने रोबोटिक हात (जसले कुनै पनि गीतको लयमा पियानो बजाइदिन्छ) जस्ता मेशिनहरु पनि प्रदर्शनीमा राखिएका छन्।

यस बाहेक स्मार्ट टेक्नोलोजीसम्बन्धी प्रोजेक्टहरु जस्तै सिधै भुक्तानी गर्न मिल्ने भेण्डिङ मेशिन, स्मार्ट व्हीलचेयर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैँचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहर व्यवस्थापन योजना आदि पनि प्रदर्शनीमा छन्।

कलेजमा आज भएको पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले विद्यार्थीहरुलाई प्रगोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई कम्प्युटरिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको जानकारी दिए।

उनले यो प्रदर्शनी नीति निर्माता, निजी क्षेत्र, अभिभावक, विद्यार्थी तथा सूचना प्रविधि क्षेत्रका जिज्ञासुहरु गरी ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको पनि बताए।

यस्तै, कार्यक्रममा कलेजका प्रिन्सिपल प्रमोद पाैडेलले सफ्टवेरिका इनोभेसन हब तयार गरी विद्यार्थीहरुले नयाँ प्रविधिमा अनुसन्धान गर्न चाहेमा  कलेज व्यवस्थापनले ५ लाख रुपैयाँसम्म सहयोग गर्ने गरी काम भइरहेको जानकारी दिए।

उनले विद्यार्थीहरु सैद्धान्तिक ज्ञानबाहेक वास्तविक जीवनमा नै प्रविधिसम्बन्धी कामहरु अगाडि बढाउन सक्षम हुन् भन्ने उद्देश्यले कलेज व्यवस्थापनले  इनोभेसन हबको व्यवस्था गरेको जानकारी पनि दिए।

 

 

easy care

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार