शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर धनगढीमा शुरु

Technology Khabar २५ फाल्गुन २०७७, मंगलवार

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर धनगढीमा शुरु

काठमाडौं ।

शाओमीले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्समा संचालनमा ल्याइएको हो ।

शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी र काठमाडौंमा अवस्थित छन् ।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, “हामी बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं । यो नवीनतम प्रयासहरुले हामीलाई देशभर अघि बढ्न मद्दत गर्दै नेपाली ग्राहकहरु र मी फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । धनगढीको यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभव गर्ने अवसर प्रदान गरेको छ ।”

सर्भिस सेन्टर समुद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निशुल्क सर्भिसिङ प्रदान गर्ने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार

ताजा समाचार