मोटोरोलाले तीन स्मार्टवाच ल्याउँदै, यसै वर्ष सार्वजनिक हुन सक्ने

Technology Khabar १७ फाल्गुन २०७७, सोमबार

मोटोरोलाले तीन स्मार्टवाच ल्याउँदै, यसै वर्ष सार्वजनिक हुन सक्ने

काठमाडौं ।

पहिलोपटक २०१५ मा एउटा स्मार्टवाच लञ्च गरिसकेको मोटोरोला फेरि अन्य स्मार्टवाच बजारमा ल्याउने तयारी लागेको छ।

नयाँ आउने स्मार्टवाचको नाम मोटो वाच, मोटो वाच वन र मोटो जी रहेका छन्। सोसल मिडियामा यी स्मार्टवाचका केही फोटोहरु आइरहेका छन्। यी फोटोहरुबाट यिनका डिजाइन कस्तो हुनेछन् भन्ने जानकारी लिन सकिन्छ।

यीमध्ये मोटो वाच को डिजाइन वर्गाकार तथा बाँकी दुई मोडल मोटो जी र मोटो वाच वनको गोलाकार रहेको देखिन्छ।

यी स्मार्ट वाच यसै वर्ष सार्वजनिक हुन सक्ने

सोसल मिडिया ट्विटरमा फिलिप बरहाउ नाम गरेका एक व्यक्तिले मोटोरोलाका यी फोटोहरु सार्वजनिक गरेका हुन्। यीमध्ये वर्गाकार रुपमा आउने मोटो वाचमा कर्भ्ड ग्लासको प्रोटेक्शन दिइनेछ। त्यसै गरी गोलाकार मोटो वाच वन र मोटो जी पातलो बेजल तथा हल्का मोटो फ्रेममा आउनेछन्। यिनीहरुको लूक भने स्पोर्टी रहनेछ।

सामाजिक सञ्जालमा बरहाउले मोटो जी जून महिनामा तथा मोटो वाच र मोटो वाच वन जुलाइमा सार्वजनिक हुन सक्ने बताएका छन्।

यसरी सामाजिक सञ्जालमा फोटो र स्पेसिफकेशन आए पनि यसबारेमा कम्पनीले कुनै आधिकारिक धारणा व्यक्त गरेको छैन।

easy care

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

ताजा समाचार