मोटोरोलाको मोटो जी ८ स्मार्टफोन लन्च, यस्तो छ मुल्य र फिचरहरु

Technology Khabar २६ फाल्गुन २०७६, सोमबार

मोटोरोलाको मोटो जी ८ स्मार्टफोन लन्च, यस्तो छ मुल्य र फिचरहरु

काठमाडौं ।

काठमाडौं । मोटोरोलालले आफ्नो नयाँ स्मार्टफोन मोटो जी८ लाई लन्च गरेको छ । कम्पनीले यस स्मार्टफोन जी ८ सीरीज अन्य स्मार्टफोनहरु मोटो जी८ प्लस, मोटो जी८ पावर र मोटो जी८ प्ले लन्च गरेको एक महिना पद्धि मोटो जी८ लाई लन्च गरेको हो ।

मोटो जी ८ स्मार्टफोनमा कम्पनीले आफ्नो धेरैजसो मिड रेन्जमा प्रयोग गर्ने डिजाइन रहेको छ । यद्पी यस स्मार्टफोनमा धेरै नयाँ परिवर्तनहरु रहेको छ । यस स्मार्टफोनमा कम्पनीको अर्को फोन मोटो जी७ को भन्दा २५ गुणा ठुलो ब्याट्री रहेको छ र यस स्मार्टफोनमा कम्पनीले क्वालकमको स्नापड्रयागन ६६५ प्रोसेसर प्रयोग गरेको छ ।

मोटो जी ८ स्मार्टफोनलाई ब्राजिलको वेबसाइटमा आधिकारिक रुपमा लिस्ट गरिएको हो । कम्पनीले यस स्मार्टफोनलाई १,२२९ ब्राजिलियन रुपैयाँमा लन्च गरेको हो । मोटो जी ८ दुई रंग पर्ल ह्वाइट र निअन ब्लु कलरमा उपलब्ध रहेको छ । मोटोरोलाले कम्पनीको आधिकारीक पेजमा यस स्मार्टफोनलाई चाँडै नै विश्वका अन्य बजारहरुमा पनि लन्च गरिने बताएको छ ।

डुअल सिम सर्पोट रहने यस स्मार्टफोन एन्ड्रोएड १० स्टक इन्टरफेससँगै आउने छ । फोनमा ६.४ इन्चको म्याक्स भिजन एचडि प्लस डिस्प्ले रहेको छ । डिभाइस पञ्चहोल डिजाइन सँगै रहेको छ जसमा एक सेल्फि क्यामरा रहेको छ । मोटोरोला यस नयाँ स्मार्टफोनमा ४जीबी र्याम रहेको छ । यस फोनको ब्याक ट्रिपल रियर क्यामरा सेटअप र लेजर अटोफोकस मोड्युल रहेको छ ।

यस फोनको प्राइमरी क्यामरा लेन्स १६ मेगापिक्सेलको रहेको छ । यसबाहेक फोनमा ८ मेगापिक्सेलको वाइड एंगल क्यामरा र २ मेगापिक्सेलको माइक्रो क्यामरा रहेको छ । सेल्फिको लागी फोनमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । डिभाइसका ६४जीबी स्टोरेज रहेको छ जसलाई माइक्रोएसडि कार्डको सहयोगमा ५१२ जीबी सम्म बढाउन सकिने छ ।

स्मार्टफोनमा ४,०००एमएएचको ब्याट्री रहेको छ । जसले १० वाटको फास्ट चार्जिंगलाई सर्पोट गर्दछ । कनेक्टिभिटीको लागी फोनमा ४जी एलटिई, ब्लूटूथ ५.०, वाईफाई, जीपीएस, ग्लोनास र ग्यालिलियो रहेको छ । एजेन्सी

easy care

प्रकाशित: २६ फाल्गुन २०७६, सोमबार