Technology Khabar ६ फाल्गुन २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन मेकर कम्पनी मोटोरोलाले हालैमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो मोटो जी ८ सीरीजलाई बढाउँदै दुई नयाँ स्मार्टफोन मोटो जी स्टाईलस र मोटो जी ८ पावर लाई लन्च गरेको थियो । यी दुबै स्मार्टफोनलाई कम्पनीले अमेरिकी मोबाइल मार्केटमा सार्वजनिक गरेको थियो ।
हाल कम्पनीसँग जोडिएको एक नयाँ खबर प्रकाशमा आएको छ जसमा कम्पनीले यसै सीरीजअन्तर्गत रहेर नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । खबरअनुसार कम्पनीको सो नयाँ स्मार्टफोनको नाम मोटो जी ८ पावर लाइट रहने छ । मोटोरोलाको यो अपकमिंग स्मार्टफोन एनबीटीसी वेबसाइटमा लीस्ट भएको छ, जहाँबाट यसको नामको खुलासा भएको हो ।
मोटो जी ८ पावर लाइट थाइल्यान्डको सर्टिफिकेशन साइटमा एनबीटीसीमा लिस्ट भएको हो । यस वेबसाइटमा फोनको मोडल नम्वर एक्सटी२०५५–१ रहेको देखाइएको छ जसलाई कम्पनीले बजारमा मोटो जी ८ पावरको नाममा लन्च गर्ने बताईएको छ ।
महत्वपुर्ण कुरा यसै मोडल नम्वर रहेको मोटोरोलाको फोन केहि समयअघि अमेरिकी साइट एफसीसीमा पनि लिस्ट भएको थियो । त्यसबेला यस फोनको नाम सार्वजनिक नभएपनि कम्पनीले यस फोनमा ५,००० एमएएचको ब्याट्री प्रदान गर्ने खुलाइएको थियो ।
कम्पनीले यसअघि जी सीरीजका दुई स्मार्टफोनहरु मोटो जी ८ पावर र मोटो जी स्टाइलसलाई सार्वजनिक गरेको थियो । उक्त दुबै स्मार्टफोनलाई कम्पनीले १०८०×२३०० पिक्सेल रेज्योलुशन भएको ६.४ इन्चको फुलएचडि प्लस डिस्प्लेसँगै लन्च गरेको छ ।
यी स्मार्टफोन एन्ड्रोयड १० मा आधारित रहेका छन जुन क्वालकमको स्नापड्रयागन ६६५ चीपसेटमा संचालन हुन्छ। कम्पनीको तर्फबाट यस फोनमा ४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज प्रदान गरिएको छ । दुबै स्मार्टफोनको मेमोरीलाई माइक्रो एसडी कार्डको मदतले ५१२ जीबीसम्म बढाउन सकिन्छ ।
कम्पनीले ब्याट्री ब्याकअपको लागी मोटो जी ८ पावरमा ५,००० एमएएचको र मोटो जी स्टाइलसमा ४,००० एमएएचको ब्याट्री प्रदान गरेको छ । जसमा मोटो जी ८ पावरको मूल्य अमेरिकी बजारमा २४९.९९ डलर र मोटो जी स्टाइलसको मूल्य २९९.९९ डलर तोकिएको छ । एजेन्सी
प्रकाशित: ६ फाल्गुन २०७६, मंगलवार