ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

Technology Khabar २० माघ २०७७, मंगलवार

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा
Classic Tech

ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५, झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । त्यस्तै बैंकले ४७ एक्स्टेन्सन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा २४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा हाल २१ लाख बढी ग्राहक रहेका छन् ।

TK Viber

प्रकाशित: २० माघ २०७७, मंगलवार

Loading...