ट्विटरले गलत सूचना फैलिन नदिन प्रयोगकर्तासँग सहकार्य गर्दै

Technology Khabar १४ माघ २०७७, बुधबार

ट्विटरले गलत सूचना फैलिन नदिन प्रयोगकर्तासँग सहकार्य गर्दै

काठमाडौं ।

ट्विटरले आफ्नो प्लेटफर्ममा गलत सूचना फैलिन नदिनका लागी प्रयोगकर्ताहरुसँग सहयोग मागेको छ।

सामाजिक मिडियाले यसको लागि बर्डवाच भन्ने नयाँ फिचरका साथ भ्रामक सूचनालाई रोक्ने नयाँ अभियान ल्याएको छ । यसले ट्विटरकै अरु प्रयोगकर्तालाई सोधेर कुनैपनि सूचना स्तय र तथ्यगत हो की हैन भनेर पत्ता लगाउने गर्दछ ।

हाल यो प्रारम्भिक चरणमा अमेरिकामा सानो समूहमा परीक्षणको क्रममा रहेको छ ।

कम्पनीले यो फिचर आधिकारिक रुपमा नयाँ पाइलट प्रोग्रामसहित ल्याउनेछ । यो फिचरले अरु प्रयोगकर्तालाई जानकारी गलत लागेमा सही जानकारीका लागी नोट लेख्ने सुबिधा दिनेछ । यसमा प्रयोगकर्ताले ‘फ्ल्याग’ राख्न पनि सकने छन् ।

ट्विटरले सोमबार भन्यो, ‘हामीलाई थाहा छ यो गडबड हुन सक्छ र कहिलेकाँही समस्याहरू हुन्छन्, तर हामी विश्वास गर्दछौं कि यो एउटा नमूना कोशिस गर्न लायकको छ ।’

ट्विटर र अन्य ठूला सामाजिक मिडिया कम्पनीहरुसँग, उनीहरुका प्लेटफर्ममा भ्रामक सूचना र जानकारीहरु रोक्न संघर्ष गरिरहेका छन्।

यस्तोमा ट्विटरको नयाँ अभियानले गलत सूचना फैलिनलाई धेरै हद सम्म रोक्ने अनुमान लगाइएको छ । यो फिचर सुरुमा थोरै प्रयोगकर्ताका लागी उपलब्ध हुनेछ र पछि भने सबैले यो फिचर प्रयोग गर्न सक्नेछन् ।

ट्विटरले नयाँ दृष्टिकोणले छिटोभन्दा छिटो गलत जानकारीहरु रोक्न सकिने बताएको छ । बीबीसी

easy care

प्रकाशित: १४ माघ २०७७, बुधबार