गोमिङ फोन पोको एम३ भारतमा सार्वजनिक हुँदै

Technology Khabar १३ माघ २०७७, मंगलवार

गोमिङ फोन पोको एम३ भारतमा सार्वजनिक हुँदै

काठमाडौं ।

केहि दिन अघि गेमिङ फोन पोको एम३ इन्डोनेसियामा सार्वजनिक भएको थियो । अब यो पोको एम३ भारतमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

रिर्पोटका अनुसार पोको एम३ सन् २०२१ फेब्रुअरी १४ मा सार्वजनिक गरिने सम्भावना छ ।

मोबाइल गेम खेल्न रुचाउने वर्गका लागि ध्यानमा राखेर पोको एम३ निर्माण गरिरहेको हो । कोभिड–१९ को कारण अनलाईन गेम प्रति यूवा पुस्ताको आकर्षण बढ्दो क्रममा छ । इन्डोनेसिया र भारतमा मोबाइल गेम खेल्नेको जमात ठूलो छ । मोबाइल गेम खेल्ने चाहना भएका तर फ्ल्यागसिप फोन किन्न नसक्ने वर्गका लागि ध्यानमा राखेर पोकोले पोको एम३ बजारमा ल्याएको हो ।

पोको एम३ मा एन्ड्रोइड १० अपरेटिङ सिस्टममा छ । यसमा स्न्यापड्रागन ६६२ चिपसेट छ । ४ जीबी र्याम र ६४ जीबी प्लस ५१२ जीबीसम्म बढाउन सकिने स्टोरेज क्षमता छ । ६.५३ इन्च डिस्प्ले भएको फोनमा शक्तिशाली ६००० एमएएच ब्याट्री छ । ४८ मेगापिक्सेल मूख्य क्यामरा र ८ मेगापिक्सेल सेल्फी क्यामरा छ ।

यो फोन भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाली बजारमा समेत आउनसक्नेछ । पोकोले नेपालमा एम २ स्मार्टफोन यसअघि नै ल्याईसकेको छ भने एक्स ३ एनएफसी समेत लन्च गरेको छ । त्यसैले पनि कम्पनीले गेमिङको लागि लक्षित सो फोन एम३ ल्याउने अनुमान छ ।

easy care

प्रकाशित: १३ माघ २०७७, मंगलवार