हुलाकमा चिठीपत्र होइन आजभोली मोबाइल/ल्यापटप आउँछन्

Technology Khabar १२ माघ २०७७, सोमबार

हुलाकमा चिठीपत्र होइन आजभोली मोबाइल/ल्यापटप आउँछन्

काठमाडौं ।

प्रविधिको विकास नहुँदा चिठीपत्र आदान प्रदानको काम गर्दै आएको काभ्रे जिल्ला हुलाक कार्यालय पछिल्लो समय सामान ओसारपसार गर्ने लगायतका नयाँ काममा लागेको छ।

मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालहरूको विकाससँगै हुलाकमार्फत आदानप्रदान हुने व्यक्तिगत चिठीपत्रको काम रोकिएको छ।

‘विगतमा चिठीपत्रमार्फत खबरहरू आदानप्रदान हुन्थ्यो तर सूचना प्रविधिको विकासले चिठी पत्रमार्फत हुने खबर आदान प्रदानको काम रोकिएको छ,’ जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत पदमबहादुर खत्रीले बताए ।

उनले व्यक्तिगत चिठीपत्र नआएपनि व्यक्तिगत उजुरी, कुनै कार्याालय वा संस्था माथिको उजुरी, मालपोत प्रहरीकहाँ दिने उजुरी, सरकारी कार्यालयमा आउने चिठी, विश्वविद्यालय र निजी संस्थाहरुको चिठीपत्रहरु मात्रै आउने गरेको बताए ।

‘विगतमा विदेशबाट घरपरिवार तथा आफन्तका लागि चिठीपत्र पठाइन्थ्यो भने अहिले चिठीको सट्टामा ल्यापटप, मोबाइल, किताब, औषधिलगायतका सामान आउने गरेको छ,’ हुलाक अधिकृत खत्रीले थपे ।

उनले कोरोना संक्रमणका कारण अन्तराष्ट्रिय हवाई सेवा सुचारु नभएकाले जिल्लामा अन्तराष्ट्रिय डाँक सेवाका चिठीपत्र दर्ता नगरिएको बताए ।

हुलाक कार्यालयले दुई वर्षदेखि हुलाकमा दर्ता भएर सम्बन्धित स्थानमा पठाइउका चिठीपत्र तथा हुलाक वस्तुहरु कहाँ पुग्यो, कुन अवस्थामा छ भनेर हेर्नहुलाक वस्तुको आन्तरिक ट्र्याकिंग सिस्टम शुरु गरेको छ । आजको गोरखापत्रबाट

easy care

प्रकाशित: १२ माघ २०७७, सोमबार

ताजा समाचार