सामसङ ग्यालेक्सी ए८२ आउँदै, फ्लिप लेन्ससहिको पहिलो फाइभजी स्मार्टफोन हुने

Technology Khabar ११ माघ २०७७, आईतवार

सामसङ ग्यालेक्सी ए८२ आउँदै, फ्लिप लेन्ससहिको पहिलो फाइभजी स्मार्टफोन हुने
ग्यालेक्सी ए८०

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी सामसङले फाइभजी स्मार्टफोन सामसङ ग्यालेक्सी ए८२ निर्माण गरिरहेको छ । सामसङ ग्यालेक्सी ए८२ सन् २०२१ को दोस्रो त्रैमासिकमा सार्वजनिक गरिने चर्चा छ ।

रिर्पोटका अनुसार सामसङ ग्यालेक्सी ए८२मा सामसङ ग्यालेक्सी ए८० को जस्तै फ्लिपीङ लेन्स डिजाइन हुनेछ । यस्तो डिजाइनमा सामसङ ग्यालेक्सी ए८२ आएमा यो नै पहिलो फाइभजी स्मार्टफोन हुनेछ जसले फ्लिपीङ लेन्स सर्पोट गर्नेछ ।

सन् २०१९ मा सामसङले ग्यालेक्सी ए८० सार्वजनिक गरेको छ । जसमा फ्लिपीङ लेन्स डिजाइन थियो । यो फोनले ६.७ इन्च ट्रू फुल स्क्रिन जसमा कुनै ब्यांग र प्वाल थिएन । फोनको रियर क्यामरामा ४८ मेगापिक्सेलको मुख्य लेन्स र ८ मेगापिक्सेलको अल्ट्र वाइड एंगल सेन्सर छ । र थ्रीडी डेप्थ अफ फिल्ड लेन्स पाउन सकिन्छ । जब प्रयोगकर्ताले सेल्फी मोड अन गर्छन, क्यामरा मोड्युल अटोमेटिक रुपमा फ्यूजेजको पछाडिदेखि अगाडि फ्लिप हुन्छ ।

वर्तमान समयमा अधिकांश स्मार्टफोन उत्पादकले होल पन्च स्क्रिन सलुसन दिने गरेका छन् । एजेन्सी

easy care

प्रकाशित: ११ माघ २०७७, आईतवार