चार क्यामरा भएको नोकियाको बजेट फोन ६.३/६.४ अप्रिलमा सार्वजनिक हुने

Technology Khabar २७ पुष २०७७, सोमबार

चार क्यामरा भएको नोकियाको बजेट फोन ६.३/६.४ अप्रिलमा सार्वजनिक हुने

काठमाडौं ।

एचएमडी ग्लोबलको नयाँ नोकिया ६.३ र ६.४ लामो समयदेखि मोबाइल प्रेमीमाझ चर्चाको विषय भइरहेको छ । मिडरेन्ज स्मार्टफोनको तस्बिर अनलाईनमा लिक भएको छ । फोनलाई ३६० डिग्री लुक्समा देख्न सकिन्छ ।

नोकिया ६.३ र ६.४ को डिस्प्ले ६.४ इन्चका साथ फुल एचडीप्लस रिसोलुसन छ । फोनमा ४८ मेगापिक्सेल रिअर क्वार्ड क्यामरा र १५ मेगापिक्सेल सेल्फी क्यामरा छ । यो स्मार्टफाने ३जीबी/४जीबी/६जीबी र्याम भेरियन्टमा उपलब्ध हुनेछ ।

स्टोरेज ३२ जीबी/६४जीबी /१२८ जीबीमा उपलब्ध हुनेछ । नोकिया ६./६.४ मा क्वालकम स्न्यापड्रागन प्रोसेसर हुनेछ । ४००० एमएएचको ब्याट्री हुनेछ। एजेन्सी

easy care

प्रकाशित: २७ पुष २०७७, सोमबार