शाओमीले सन् २०२१ मा तीन प्रकारका फोल्डेबल स्मार्टफोन ल्याउने

Technology Khabar १० पुष २०७७, शुक्रबार

शाओमीले सन् २०२१ मा तीन प्रकारका फोल्डेबल स्मार्टफोन ल्याउने

काठमाडौं ।

शाओमीले सन् २०२१ मा तीन प्रकारका फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने भएको छ ।

रिपोर्टका अनुसार फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने कम्पनीको सूचीमा शाओमी पनि थपिने भएको छ । चिनियाँ उत्पादकले अर्को वर्ष तीन वटा फोल्डेबल स्मार्टफोन मोडल ग्राहकलाई उपलब्ध गराउने योजना अघि बढाएको छ ।

रिपोर्टका अनुसार पहिलो फोल्डेबल स्मार्टफोनको स्क्रिन फोल्ड गर्दा मोबाइलको बडीमा बेन्ड हुनेछ । यसको डिस्प्ले ९० र १२० गीगाहर्ज रिफ्रेस रेट सर्पोट गर्छ । यसमा सामसङको यूटीजी अल्ट्रा थिन प्रोटेक्टिभ ग्लास दिइएको छ । एन्ड्रोइड ११ प्रोसेसर आधारित हुने फोनमा १०८ मेगापिक्सेल क्यामरा हुने बताईएको छ ।

दोस्रो स्मार्टफोनको डिस्प्ले भित्रबाट फोल्ड हुन्छ । तेस्रो स्मार्टफोन भने परम्परागत फोन जस्तै फ्लिप गरेर फोल्ड गर्न सकिन्छ । एजेन्सी

easy care

प्रकाशित: १० पुष २०७७, शुक्रबार