दूर्गम क्षेत्रमा पुर्याएका सूचना प्रविधि र दूरसञ्चारका पूर्वाधार गुणस्तरीय छैनन् -सञ्चार मन्त्री गुरुङ

Technology Khabar ३ पुष २०७७, शुक्रबार

दूर्गम क्षेत्रमा पुर्याएका सूचना प्रविधि र दूरसञ्चारका पूर्वाधार गुणस्तरीय छैनन् -सञ्चार मन्त्री गुरुङ

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले नेपालको दूर्गम क्षेत्रमा पुर्याएका सूचना प्रविधिका र दूरसञ्चारका पूर्वाधारहरु गुणस्तरीय नभएको बताएका छन् ।

उनले क्यान महासंघले शुक्रबार आयोजना गरेको उद्योग र सरकारी क्षेत्रबिचको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।

उनले निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको भन्दै नेपालमै पनि सुगम र दुर्गमबिचको खाडल हटाउन समेत आईसिटीले भूमिका खेल्नुपर्ने बताए ।

‘हाम्रा सेवाहरु ती दुर्गम क्षेत्रमा पुगेको छ भनेर सेवा प्रदायक, एनटिएलगायतले भन्न सक्नुहुन्छ होला, तर ती गुणस्तरीय छैनन् ।’ सञ्चार मन्त्री गुरुङले भने ।

अब दूर्गम क्षेत्रमा सूचना प्रविधिको पूर्वाधार पुर्याउने योजना सरकारले ल्याउने उनले बताए । उनले डिजिटल नेपालको अभियान मार्फत दूर्गम भेगमा आईसिटीको पूर्वाधार बनाउनुपर्ने बताए ।

मन्त्री गुरुङ्गले विश्व सूचना प्रविधिको क्षेत्रमा दक्ष र प्रतिस्पर्धात्मक जनशक्ति समेत विकास गर्नुपर्ने स्पष्ट पारे ।

उनले ईकमर्श र ईबिजनेसको कसले उपयोग गरिरहेका छन भन्ने बारेमा समेत ध्यान दिनुपर्ने बताउँदै त्यसलाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताए ।

त्यसैगरि पूर्वाधार विकासमा उद्योगहरुको सिएसआर रकमलाई उपयोग गर्न सकिने भन्दै सो रकम दूर्गम क्षेत्रमा प्रयोग गर्न आग्रह गरे ।

easy care

प्रकाशित: ३ पुष २०७७, शुक्रबार