मुक्तिनाथ विकास बैंकको नयाँ ब्राण्ड मस्कट ‘मुक्ति भाई’ सार्वजनिक

Technology Khabar २८ मंसिर २०७७, आईतवार

मुक्तिनाथ विकास बैंकको नयाँ ब्राण्ड मस्कट ‘मुक्ति भाई’ सार्वजनिक

काठमाडौं ।

मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक ‘मुक्ति भाई’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजनिक गरेको छ।

आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष भरत राज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्धारा संयुक्त रुपमा एक कार्यक्रममार्फत बैंकको मस्कट सर्वजानिक गरिएको हो ।

उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको फेसबुक पेज बाट सोही कार्यक्रमको लाइभ प्रसारण गरिएको थियो ।

बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल बैंकको १३८ ओटा शाखा कार्यालयहरु रहेका छन् ।

easy care

प्रकाशित: २८ मंसिर २०७७, आईतवार