सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा शुरु

Technology Khabar ५ मंसिर २०७७, शुक्रबार

सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा शुरु

काठमाडौं ।

कोभिड १९को कारणले गर्दा बैंकका सेवाग्राहीहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङ्गलाई अझै सहज बनाउने प्रयास स्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ ।

ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ ।

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुँदा डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिँदै उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको हो ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पेमार्फत वालेटको कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन रु. ५,०००/– बराबर क्यासलेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक रु. १,००,००० सम्म कारोवार गर्न सकिनेछ ।

सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक रु. १५,००,००० सम्म कारोवारसमेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो ।

उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ ।

बैंकको अनलाइन एकाउन्ट सेवा https://onlineaccount.centurybank.com.np/ बाट लिन सकिने जनाएको छ ।

easy care

प्रकाशित: ५ मंसिर २०७७, शुक्रबार

ताजा समाचार