दराजले आफ्नो वार्षिक सेल ११.११ तेस्रो वर्ष आयोजना गर्दै

Technology Khabar १७ कार्तिक २०७७, सोमबार

दराजले आफ्नो वार्षिक सेल ११.११ तेस्रो वर्ष आयोजना गर्दै

काठमाडौं ।

नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार, दराज आफ्नो वार्षिक ११.११ सेल यस नोभेम्बर ११, २०२० (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ।

अलीबाबाको ११.११ चीन बाट सुरु भई अहिले  विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ। ११ ११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट,नि: शुल्क डेलिभरी, भौचरहरु र अन्य मार्फत ६ हजार भन्दा बढी विक्रेताहरू र  १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुट पाउने कम्पनीको दाबी छ ।

यसपालि को ११ः११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट / क्रेडिट कार्ड मार्फत समान अर्डर गर्दा २०% (रु ३००० सम्मको) छुट पाउनेछन। यसको लागि नबिल बैंक, एनआईसी एसिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकका कार्डधारकहरू योग्य छन्। यस छुट लिन ग्राहकहरुले आफ्नो बैंक कार्ड मार्फत अनलाइन शपिंग गर्न मिल्ने हुनपर्छ। ग्राहकहरूले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्दछन्।

११ः११ मा ग्राहकहरुले “दराज वन रुपैयाँ गेम”, “एड टु कार्ट एण्ड विन”, “मिसन ११ः११”, र “डिएफजी लुडो प्रतियोगिता” जस्ता रमाइलो गेमहरुमा भाग लिएर आकर्षक पुरस्कारहरु जित्ने मौका पनि पाउनेछन।

दराज वन रुपैयाँ गेम मा ग्राहकहरुले महंगा सामानहरु जम्मा एक रुपैयाँमा जित्न सक्नेछन, एड टु कार्ट एण्ड विनमा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सक्छन भने लुडो प्रतियोगितामा थप पुरष्कार सहित रु १५००० जित्न सक्नेछन। साथै, ग्राहकहरूले ११ ११ मा शपिंग गर्दा ८ लाख बराबरको नयाँ टीभीएस अपाचे आरआर ३१० पनि जित्न सक्ने बताईएको छ।

११.११ को दिनमा दराज एप र वेबसाइटमा ५ लाख भन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ। त्यसैले नेपालका २७ शहरहरूमा द्रूत वितरण सुनिश्चित गर्न र सबैभन्दा राम्रो ग्राहक अनुभव प्रदान गर्न दराजले ९०० भन्दा बढी डेलिभरी र ग्राहक सेवा एजेन्टहरू थपेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १७ कार्तिक २०७७, सोमबार

ताजा समाचार