मोजिला फायरफक्सको नयाँ अपडेट जारी, भिडियो प्ले गर्दा कम पावर खपत हुने

Technology Khabar ९ कार्तिक २०७७, आईतवार

मोजिला फायरफक्सको नयाँ अपडेट जारी, भिडियो प्ले गर्दा कम पावर खपत हुने

काठमाडौं ।

मोजिला फायरफक्सले वेब ब्राउजरको नयाँ भर्सन सार्वजनिक गरेको छ । नयाँ भर्सनसँगै फायरफक्स ८२ मा भिडियो प्ले गर्नलाई कम पावरको खपत गर्ने फिचर राखिएको छ।

यसले गर्दा ल्याप्टपको ब्याट्री लाइफ पनि सुरक्षित हुनेछ । मोजिलाको अनुसार फ्लेक्सबक्स लेआउट प्रयोग गर्न जुनपनि वेबसाइट २० प्रतिशत चाँडो चल्ने गर्दछ । यसले फायरफक्स ८२ को सेसनलाई पनि १७ प्रतिशतले छिटो रिस्टोर गर्ने गर्दछ ।

त्यसैगरी विन्डोज प्रयोगकर्ताहरुले पनि फायरफक्स १० प्रतिशतले छिटो खुलेको अनुभव गर्न सक्छन् । भिडियो प्लेब्याकको क्षेत्रमा पनि मोजिलाले केही प्रगतिहरु गरेको छ ।

पिक्चर इन पिक्चर फिचर मोडमा पनि केही परिवर्तन ल्याइएको छ । यसले सीपीयू र जीपीयूको एकदमै थोरै प्रयोग गर्ने गर्दछ ।

फायरफक्स प्रयोगकर्ताहरुको लागि यो नयाँ अपडेट आफैँ नै हुनेछ । यदि त्सस्तो नभएमा हेल्पमा गएर अबाउट फायरफक्समा जाने र त्यसपछि अपडेट मेन्यूमा क्लिक गरी नयाँ ब्राउजर डाउनलोड गर्न सकिने छ । एजेन्सी

easy care

प्रकाशित: ९ कार्तिक २०७७, आईतवार