एनएमबी बैंकका ग्राहकले मोबाइल बैकिङ्ग कार्डमा ५० प्रतिशतसम्म पैसा बचत गर्न सक्ने

Technology Khabar ८ कार्तिक २०७७, शनिबार

एनएमबी बैंकका ग्राहकले मोबाइल बैकिङ्ग कार्डमा ५० प्रतिशतसम्म पैसा बचत गर्न सक्ने

काठमाडौं ।

एनएमबी बैंकले ‘एनएमबि दशैं बोनान्जा’ सुरु गरेको छ । कार्तिक १ गतेदेखि शुरू भएको दशैं बोनान्जा अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा ५० प्रतिशतसम्म पैसा बचत गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट, क्यासब्याक र किस्ता सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट र ईएमआई (किस्ता) सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।

एनएमबीका ग्राहकहरूले निम्न छुटहरू, क्याशब्याक र ईएमआई सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।

बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

easy care

प्रकाशित: ८ कार्तिक २०७७, शनिबार

ताजा समाचार