प्लाज्मा अभाव हुन नदिन ‘प्लाज्मा कनेक्ट’ वेबसाइटको सुरुवात

Technology Khabar ७ कार्तिक २०७७, शुक्रबार

प्लाज्मा अभाव हुन नदिन ‘प्लाज्मा कनेक्ट’ वेबसाइटको सुरुवात

काठमाडौं ।

कोरोना संक्रमितको उपचार गर्न प्लाज्मा अभाव हुन नदिन प्लाज्मा कनेक्ट वेबसाइटको सुरुवात भएको छ ।

लायन्स क्लब अफ काठमाडौं, दियालो, समर्थ नेपाल, जनता क्लिनिक, एभ्रिथिङ क्रियटिभ्स, साझा युवा, स्प्यारो, खल्ती, नेपाल नेशनल हस्पिटल, मारवाडी युवा मञ्च लगायतको सहकार्यमा यो वेबसाइट तयार भएको हो ।

प्लाज्मा दिन चाहने कोरोना संक्रमणमुक्त र प्लाज्मा लिनुपर्ने अवस्थाका बिरामी तथा उनीहरुका आफन्तलाई जोड्न यो वेबसाइट बनाइएको बताईएको छ।

प्लाज्मा डोनेट गर्न सुरुमा डोनेट गर्न चाहनेले आफ्नो विवरण प्लाज्मा कनेक्ट वेबसाइटमा दिनुपर्ने हुन्छ । वेबसाइटमा गएर डोनेट प्लाज्मामा क्लिक गरी डोनेट गर्न चाहनेले आफ्नो विवरण भर्न सकिने छ ।

त्यसपछि उक्त विवरण अनुसार डोनेट गर्ने व्यक्तिको प्लाज्मा कुन व्यक्तिसँग मिल्छ तीमध्ये सबैभन्दा जटिल अवस्थामा पुगेका बिरामीमा उक्त प्लाज्मा प्रदान गरिने जनाइएको छ ।

प्लाज्मा दिनेहरूले सरकारले तोकेको मापदण्ड पूरा गरेको व्यवस्था हुनुपर्नेछ ।

easy care

प्रकाशित: ७ कार्तिक २०७७, शुक्रबार

ताजा समाचार