यूनाइटेड नेसनको परीयोजनाद्धारा नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर प्रदान

Technology Khabar १९ आश्विन २०७७, सोमबार

यूनाइटेड नेसनको परीयोजनाद्धारा नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर प्रदान
Global IME Bank

काठमाडौं ।

यूनाइटेड नेसनले यूकेएडको सहयोगमा नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर प्रदान गरेको छ।

यूनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेज (यूएनओपिएस) (United Nations Office for Project Services-UNOPS) ले यूकेएडको सहयोगमा मोर्डनाइजेसन एण्ड इम्प्रुभमेन्ट अफ पुलिसिङ्ग प्रजेक्ट (Modernization and Improvement of Policing Project-MIPP) परियोजना मार्फत नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर हस्तान्तरण गरेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच यूएनओपिएस नेपालका देशिय निर्देशक चार्ल्स क्यालाननले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन्।

नेपाल प्रहरीकाअनुसार प्राप्त कम्प्युटरहरु आवश्यकता अनुसार महिला बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयलगायत नेपाल प्रहरीका विभिन्न ईकाईहरुको काममा प्रयोग गरिने छ।

Sajilo Visa

प्रकाशित: १९ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया