फक्सकनले माइक्रो एलईडी एआर स्मार्ट चश्मा विकास गर्दै

Technology Khabar १६ आश्विन २०७७, शुक्रबार

फक्सकनले माइक्रो एलईडी एआर स्मार्ट चश्मा विकास गर्दै

काठमाडौं ।

एप्पलका लागि आईफोन उत्पादन गर्ने कम्पनी फक्सकन इलेक्ट्रोनिक्स (होन हाई) ले माइक्रो एलईडी डिस्प्लेमा आधारित एआर स्मार्ट चश्मा विकास गरिरहेको छ ।

सरकारको अनुदानअन्तरगत इन्डस्ट्रियल टेक्नोलोजी रिसर्च इन्स्टिच्यूट (आईटीआरआई) अन्तर्गत इलेक्ट्रोनिक र ओप्टोइलेक्ट्रोनिक सिस्टम रिसर्च ल्याबरोटरी (ईओएसआरएल) द्वारा स्मार्ट चश्माका लागि डिस्प्ले विकास गरिएको छ, स्रोतहरूलाई उदृत गर्दै डिजिटाइम्सले उल्लेख गरेको छ ।

फक्सकनले २०२२ मा एआर चश्माको विकास सम्पन्न हुने अपेक्षा राखेको छ र तीनीहरूलाई स्मार्ट रिटेल, स्मार्ट कारखाना र स्मार्ट चिकित्सा सेवामा परीक्षण प्रयोगमा राख्ने स्रोतहरूले बताएका छन् ।

मे २०१७ मा अमेरिकामा आधारित स्टार्टअप ईएलक्समा लगानी गरेदेखि नै फक्सकनले माइक्रो एलईडी टेक्नोलोजीको विकास गर्दै आएको छ, फक्सकनले ईओएसआरएलसँग यसपछि विकास गरिने माइक्रो एलईडी टेक्नोलोजीको इजाजत प्रयोगका लागि ३ बर्षको सहकार्य सम्झौता गरिसकेको छ।

ईओएसआरएलले ५ माइक्रोनको आकारमा नीलो प्रकाशयुक्त माइक्रो एलईडी विकसित गरेको छ र तिनीहरू क्यूडी (क्वान्टम डट) टेक्नोलोजीसँग मिलाईएको छ, जसले २,००० पिपिआई रिजोलुसन भएको बढी प्यान्क्रोरोमेटिक डिस्प्ले बनाउनेछ।

त्यस्ता डिस्प्लेहरू २०२१ को पहिलो क्वाटरमा उपलब्ध हुने अपेक्षा गरिएको छ, र ईओएसआरएलले डिस्प्ले प्रभावहरू सुधार गर्न र आँखा ट्रयाकिग सेन्सरहरू र अन्य आईसीहरू एकीकृत गर्न अप्टिकल वास्तुकलामा परिमार्जन गरिरहने रिपोर्टमा बताईएको छ।

स्मार्ट ग्लासमा प्रयोगको लागि माइक्रो एलईडी डिस्प्ले विकास गर्न अपेक्षाकृत सजिलो छ, तर तिनीहरूलाई एआर ग्लासको रुपमा परिवर्तन र प्रयोग गर्दा अप्टिकल आर्किटेक्चरमा अधिक जटिल डिजाइन समावेश हुन्छ, जुन पूरा गर्न कम्तिमा तीन बर्ष लाग्ने रिपोर्टमा उल्लेख छ ।

easy care

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार