गूगलको कार्बन फुटप्रिन्ट शून्य, आगामी १० वर्षमा डाटा सेन्टर र कार्यालयहरू कार्बनमुक्त उर्जामा

Technology Khabar २९ भाद्र २०७७, सोमबार

गूगलको कार्बन फुटप्रिन्ट शून्य, आगामी १० वर्षमा डाटा सेन्टर र कार्यालयहरू कार्बनमुक्त उर्जामा

काठमाडौं ।

टेक कम्पनी गूगलले उच्च-गुणस्तरको कार्बन अफसेटमा लगानी गरी सम्पूर्ण कार्बन फुटप्रिन्ट मेटाइसकेको बताएको छ ।

कम्पनी सन् २००७ मा कार्बन तटस्थ भएको थियो भने यसले अब यसैले सिर्जना गरेको सबै कार्बनलाई क्षतिपूर्ति गरि दिएको बताएकोछ ।

‘यसले सन् २०३० सम्ममा आफ्ना सबै डाटा सेन्टर र कार्यालयहरू कार्बन मुक्त उर्जामा सञ्चालन गर्ने उद्देश्य लिएको छ,’ प्रमुख कार्यकारी सुन्दर पिचाईले घोषणा गरे ।

अन्य ठूला प्रविधि कम्पनीहरूले पनि उनीहरूको कार्बनको प्रयोग घटाउने वा हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

माइक्रोसफ्टले सन् २०३० भित्र कार्बन नेगेटिभ कम्पनी बनाउने लक्ष्य राखेको छ भने एप्पलले पनि सन् २०३० भित्र कार्बन तटस्थ कम्पनी हुने नीति लिएको छ ।

अमेजनले भने यस्तो हुनका लागि सन् २०४० सम्मको समय लाग्ने उल्लेख गरेको छ ।

गूगलले २०३०सम्ममा केवल कार्बन मुक्त उर्जा प्रयोग गर्ने प्रतिबद्धता भनेको यो सबैभन्दा ठूलो स्थिर कदम हुने पिचाईले बताए ।

‘हामी हावा र सौर्य ऊर्जालाई जोडेर एकैसाथ प्रयोग गर्नेछौं र ब्याट्री भण्डारणको हाम्रो उपयोग बढाउने जस्ता चीजहरू गर्नेछौं,’ उनले भने, ‘र हामी हाम्रो बिजुली माग र पूर्वानुमानलाई अनुकूलन गर्न आर्टिफिसियल इन्टेलिजेन्स लागू गर्ने तरिकाहरूमा काम गरिरहेका छौं।’

यस प्रयासले आगामी ५ बर्षमा १२,००० रोजगारी सिर्जना गर्ने पिचाईले बताए।

गुगलले आफ्नो महत्वाकांक्षाको साथ सेक्टरका लागि नयाँ उच्च मापदण्ड सेट गरिरहेको ग्रीनपीसले बताएको छ । बीबीसी

easy care

प्रकाशित: २९ भाद्र २०७७, सोमबार