बैंक तथा वित्तीय संस्थाले २ वर्षमा सिस्टम अडिट गरे हुने, नयाँ प्रणाली प्रयोग भएमा भने १ वर्षभित्रै

Technology Khabar २४ भाद्र २०७७, बुधबार

बैंक तथा वित्तीय संस्थाले २ वर्षमा सिस्टम अडिट गरे हुने, नयाँ प्रणाली प्रयोग भएमा भने १ वर्षभित्रै

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि प्रणालीको लेखापरीक्षणको बारेमा नयाँ निर्देशन जारी गरेको छ ।

केन्द्रिय बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशिका जारी गर्दै अनिवार्यरुपमा लेखा परिक्षण गर्नुपर्ने विधिलाई परिमार्जन गर्दै सहज बनाएको छ ।

नयाँ निर्देशनअनुसार अब बैंक तथा वित्तिय संस्थाहरुले प्रत्येक २ वर्षमा सूचना प्रविधिको लेखा परीक्षण गर्न सकिने व्यवस्था कायम गरेको हो ।

यसअघि विद्युुतीय माध्यमबाट बैंकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूूनीकरण गर्दै साइबर सुुरक्षालाई प्रवद्र्धन गर्न वाणिज्य बैंकहरुले अनिवार्य रुपमा आ.व. २०७५/७६ देखि सूचना प्रविधि प्रणालीको लेखापरीक्षण गर्नु पर्ने प्रावधान लागू रहेको थियो । यस्तो सूचना प्रविधि प्रणालीको लेखापरीक्षण प्रत्येक आवमा गर्नुपर्ने प्रावधान थियो ।

तर राष्ट्र बैंकले त्यसमा संसोधन गर्दै अब नयाँ प्रणाली स्थापना गरिएको भएमा नयाँ प्रणाली संचालनमा आएको १ वर्षभित्र लेखा परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ ।

त्यसपछि भने प्रत्येक २ वर्षमा लेखापरीक्षण गरे हुने प्रावधान ल्याएको हो ।

‘विद्युुतीय माध्यमबाट बैंकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूूनीकरण गर्दै साइबर सुुरक्षालाई प्रवद्र्धन गर्न इजाजतपत्र प्राप्त संस्थामा नयाँ प्रणालीको प्रयोग गरिएको अवस्थामा प्रणाली प्रयोगमा आएको एक वर्ष भित्र र तत्पश्चात प्रत्येक दुई वर्षमा अनिवार्य रुपमा सूूचना प्रविधि प्रणालीको लेखापरीक्षण (System Audit)गर्नु पर्नेछ,’ नयाँ एकिकृत निर्देशनको बुँदा १९७ मा भनिएको छ ।

easy care

प्रकाशित: २४ भाद्र २०७७, बुधबार