भारतीय संचारमन्त्रीको फेसबुकलाई पत्र- फेसबुककर्मीद्धारा प्रधानमन्त्री र मन्त्रीहरुलाई अपशब्द बोलियो

Technology Khabar १७ भाद्र २०७७, बुधबार

भारतीय संचारमन्त्रीको फेसबुकलाई पत्र- फेसबुककर्मीद्धारा प्रधानमन्त्री र मन्त्रीहरुलाई अपशब्द बोलियो

काठमाडौं ।

भारतमा फेसबुकसँग सम्बन्धित भएर आएको विवाद थप चुलिएको छ । केहि समयअघि भारतमा फेसबुकले सत्ता समर्थित विचारधारालाई सेन्सर नगरेको भन्दै टाइम म्यागाजिनले समाचार छापेपछि शुरु भएको विवादले नयाँ मोड लिएको छ।

भारतीय केन्द्रीय विधि एवं न्याय, संचार एवं इलेक्ट्रोनिक तथा सूचना औद्योगिक मन्त्री रविशंकर प्रसादले फेसबुकका सिईओलाई पत्र लेखेर कम्पनीका वरिष्ठ अधिकारीहरुले भारतका प्रधानमन्त्री तथा वरिष्ठ क्याबिनेट मन्त्रीहरुलाई अन रेकर्ड अपशब्द बोलेको आरोप लगाएका छन् ।

रविशंकरले लेखेको पत्रमा फेसबुक इण्डियामा महत्वपूर्ण पदमा कार्यरत कर्मचारीहरुले यस्तो गर्नु समस्यापूर्ण हुने बताएका छन् ।

उनले सन् २०१९ मा भएको चुनावको समयममा दक्षिणपन्थी विचारधाराका समर्थकहरुको पेजलाई हटाईएको र उनीहरुको पहुँच कमगर्न प्रयास गरिएको आरोप लगाएका छन् ।

यो आरोपसहितको पत्र बीजेपी र मोदी सरकारलाई फाईदा पुग्ने गरि फेसबुकले काम गरेको आरोपका बिच बाहिर आएको हो ।

यसअघि फेसबुकका वरिष्ठ अधिकारी अंखी दासमाथि आरएसएसको छात्र संगठन एबीबीपीसँग जोडिएको र बीजेपीप्रति लचकता अपनाएको मामलामा कारबाही नगरेको भन्दै आरोप लागेको छ। एजेन्सी

easy care

प्रकाशित: १७ भाद्र २०७७, बुधबार