पेटेन्ट उल्लंघन गरेपछि जर्मनीमा डेमलरको बिरूद्ध दायर मुद्धा नोकियाले जित्यो

Technology Khabar ३ भाद्र २०७७, बुधबार

पेटेन्ट उल्लंघन गरेपछि जर्मनीमा डेमलरको बिरूद्ध दायर मुद्धा नोकियाले जित्यो

काठमाडौं ।

नोकियाले जर्मनीको कार निर्माता कम्पनी डेमलरको विरुद्ध एउटा आदेश जितेको छ, जसमा नोकियाको सेलुलर टेक्नोलोजी डेमलरको कनेक्टेड कारहरूमा अनधिकृत प्रयोग गरिएको आरोप लगाएको थियो ।

म्यानहाइम क्षेत्रीय अदालतले डेमलरको तर्कलाई अस्वीकार गर्‍यो जसमा नोकियाले मानक आवश्यक पेटेन्टहरूको लागि फ्रान्ड(FRAND) सर्तहरू प्रदान नगरेको दाबी गरिएको थियो र त्यसपछि डेमलरले बिना आधिकारीकता नोकिया टेक्नोलोजी प्रयोग गरिरहेको फेला पारिएको थियो।

नोकियाले भने कि यो निर्णयले नोकियाको पेटेन्ट पोर्टफोलियोको गुणवत्तालाई पुष्टि गर्ने र यसको मोटर वाहन इजाजतपत्र कार्यक्रम (अटोमोटिभ लाइसेन्सिङ्ग प्रोग्राम) लाई मान्य दिएको नोकियाले बताएको छ।

पहिले नै अडी, बेंटले, बीएमडब्ल्यू, मिनी, पोर्श, रोल्स रोइस, सीट, स्कोडा र फोक्सवागनसँग नोकियाको यस्तो लाइसेन्स छ।

जर्मनीमा डेमलरको बिरूद्ध नोकियासँग धेरै पेटेन्ट उल्लंघनका केसहरू रोकिएर बसेका छन्। यो आदेश लागू गराउन नोकियाले अदालतमा एउटा बण्ड तिर्नुपर्ने हुन्छ । एजेन्सीका साथ

easy care

प्रकाशित: ३ भाद्र २०७७, बुधबार