बिद्यार्थी र कलेजहरुलाई एउटै थलोमा ल्याउने गोटूसाम्स डटकम, अनलाइनबाटै भर्ना गर्न सकिने

Technology Khabar २ भाद्र २०७७, मंगलवार

बिद्यार्थी र कलेजहरुलाई एउटै थलोमा ल्याउने गोटूसाम्स डटकम, अनलाइनबाटै भर्ना गर्न सकिने

काठमाडौं ।

बिश्वब्यापि कोरोना महामारीले गर्दा हरेक क्षेत्रको जनजिवन प्रभावित गरेको बेला शैक्षिक क्षेत्र पनि अछुतो रहन सकेको छैन मात्र होईन बिद्यार्थीहरुको पठन पाठन झण्डै तहस नहस हुन लागेको छ भने बिभिन्न अनलाईन माध्यम र तिनीहरुको प्रतक्ष्य तथा अप्रतक्ष्य प्रभावले सबैको दैनिकी नै भिन्न प्रायः भईसकेको छ ।

गत चैत्र महिनादेखि सरकारले लागु गरेको लकडाउनका र त्यसपछि भेला र मेला जस्ता सामुहिक कार्यहरु माथि जारी निषेधाज्ञाका कारण बिगतका बर्षहरुमा झै यस बर्षको बैशाख जेष्ठ महिनाहरुमा लाग्ने गरेको कुनै पनि शैक्षिक मेलाहरु यस पालि हुन पाएनन् भने एसईई परिक्षाको नतिजा प्रकाशित भएको पहिलो दिन पनि कैयन शैक्षिक संस्थाका सञ्चालकहरुमा बर्ष भरिको आय र खर्चको ब्यबस्था गर्ने कसरी हो भन्ने अन्यौलता छाएको छ ।

यसै परिप्रेक्ष र चुनौतीलाई सामना गर्ने माध्यमका रुपमा नेपालमा पनि www.gotosams.com को शुरुवात भएको छ ।

यस अनलाईन पोर्टल www.gotosams.com का माध्यमबाट एसईई र सो भन्दा माथिल्लो तहको परिक्षा उतिर्ण भएका बिद्यार्थीहरुले आफुले अध्ययन गर्न चाहेको बिषय, शैक्षिक संस्था वा भौगोलिक क्षेत्रको इच्छा अनुसारको सुचना जानकारी लिनुका साथै भर्ना आबेदन र त्यस पछिका प्रक्रिया अबलम्बन गर्नुका साथै उपलब्ध छात्रबृत्ति, रोजगारका अबसर र शैक्षिक संस्थाहरुद्धारा आयोजना गरिने बिभिन्न प्राज्ञिक तथा अतिरिक्त कृयाकलाप सम्बन्धि जानकारी लिन सक्नेछन् ।

बाहिर हिडडुलमा लागेको प्रतिबन्ध तथा साबधानि अपनाउनु पर्ने भएकाले धेरै बिद्यार्थीहरुले घरमै बसेर यस पोर्टलका माध्यमबाट एकै आबेदन फारममार्फत धेरै संस्थाहरुमा आबेदन दिन सक्नेछन् ।

अर्को तर्फ www.gotosams.com अनलाईन पोर्टलको माध्यमबाट शैक्षिक संस्थाहरुले आफ्नो ब्यबसायको समयोचित मुल्याकंन र उचित प्रबन्ध गर्न सक्नेछन् ।

आबद्ध शैक्षिक संस्थाहरुले आफ्नो संस्थामा के कति बिद्यार्थीहरुले रुचि देखाएका छन् भनि थाहा पाउनुका साथै तिनीहरुको अवस्था तथा प्राप्तांक अनुसार आफुले उपलब्ध गराउन सक्ने सेवा सुबिधाको बारेका ब्यक्तिगत रुपमा नै अन्तर्कृया गर्न सकिने  बताईएको छ ।

यसका अतिरिक्त शैक्षिक संस्थाहरुले गर्ने बिभिन्न प्राज्ञिक तथा अतिरिक्त कृयाकलाप सम्बन्धि जानकारी एकै पटक धेरै जनालाई दिन सक्नेछन् । यसका लागि शैक्षिक संस्थाहरुले www.gotosams.com अनलाईन पोर्टलमा गई आफ्नो संस्था सम्बन्धि जानकारीलाई भेरिफाई गर्नुपर्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २ भाद्र २०७७, मंगलवार