ब्ल्याकबाउड ह्याक प्रकरण: विश्वका विभिन्न विश्वविद्यालयहरुका विद्यार्थीहरुको डाटा चोरी

Technology Khabar ९ श्रावण २०७७, शुक्रबार

ब्ल्याकबाउड ह्याक प्रकरण: विश्वका विभिन्न विश्वविद्यालयहरुका विद्यार्थीहरुको डाटा चोरी

काठमाडौं ।

विश्वका विभिन्न देशका कम्तिमा १० विश्वविद्यालयका विद्यार्थी र अलुम्नाईको डाटाहरु चोरी भएको छ। ह्याकरहरुले क्लाउड कम्प्युटर प्रदायकमा आक्रमण गरेसँगै अमेरिका, बेलायत, क्यानाडाका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको डाटा चोरी भएको हो।

यसका साथै ह्युमन राइट वाच, योङ्ग माइण्डसलगायतले पनि आफ्नो डाटा प्रभावित भएको बताएका छन्।

शैक्षिक प्रशासन, फण्डरेजिङ्ग र वित्तीय व्यवस्थापन सफ्टवेयर निर्माण गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी ब्ल्याकबाउण्डमा ह्याकिङ्ग भएसँगै ती शैक्षिक तथा अन्य संस्थाहरुको डाटा चोरी भएको हो ।

गएको मे महिनामा अमेरिकामा आधारित कम्पनीको सिस्टममा आक्रमण भएको थियो । तर कम्पनीले ह्याकरहरुलाई र्यान्समको लागि रकम तिर्ने उद्धेश्यले जुलाईसम्म सो बारेमा बाहिर जानकारी नल्याएकोमा सार्वजनिक आलोचना भएको थियो ।

ह्याकरहरुले र्यान्समवेयरमार्फत डाटा चोरेको बताईएको छ । जसमा यूनिभर्सिटी अफ योर्क, यूनिभर्सिटी लीड्स, यूनिभर्सिटी अफ लण्डन, योङ्ग माइण्डस, यूनिभर्सिटी कलेज अक्सफोर्डलगायत रहेका छन् ।

यी सबै विश्वविद्यालयहरुले सो डाटाबेस चोरीएकाहरुलाई पत्र र ईमेल पठाएर क्षमा मागेका छन् ।

यसरी चोरिएका डाटाहरुमा, फोन नम्बरहरु, डोनेसन इतिहास, र सहभागी भएका कार्यक्रमहरुको जानकारी समेत रहेको छ । तर यसमा क्रेडिट कार्ड र अन्य भुक्तानी बिबरणहरु भने नरहेको बताईएको छ। बीबीसीबाट

easy care

प्रकाशित: ९ श्रावण २०७७, शुक्रबार

ताजा समाचार