भुक्तानी सेवाको काम गर्ने कम्पनीहरु थपिँदै, राष्ट्र बैंकद्धारा २४ वटा कम्पनीलाई आशय पत्र प्रदान

Technology Khabar ६ श्रावण २०७७, मंगलवार

भुक्तानी सेवाको काम गर्ने कम्पनीहरु थपिँदै, राष्ट्र बैंकद्धारा २४ वटा कम्पनीलाई आशय पत्र प्रदान

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाको कामगर्ने कम्पनीहरुको अनुमति बन्द गर्नुअगाडि २४ वटा कम्पनीहरुलाई सेवा शुरु गर्ने आशय पत्र दिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै अब थप अनुमतिपत्र नदिने बताएको बैंक तथा वित्तीय क्षेत्रको नियमनकारी निकायले सो अगाडि नै २४ वटा कम्पनीहरुलाई आशय पत्र अर्थात लेटर अफ इन्टेन्ट दिएको हो ।

राष्ट्र बैंकले अहिले भएको भन्दा बाहेक थप २१ वटा भुक्तानी सेवा प्रदायकको काम गर्न ईच्छुक कम्पनीहरुलाई आशय पत्र दिएको छ भने थप ३ वटा भुक्तानी सेवा संचालक कम्पनीहरु रहेका छन् ।

त्यस्तो आशयपत्र पाउने कम्पनीमा नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको संयुक्त सहायक कम्पनी समेत रहेको छ ।

नेपाल टेलिकमको भुक्तानी सेवा प्रदायक कम्पनी आउने निश्चित, राष्ट्र बैंकले दियो आशय पत्र

केन्द्रिय बैंकले शुक्रबार मौद्रिक नीति जारी गर्दै अब नयाँ कम्पनीहरुलाई अनुमतिपत्र नदिने घोषणा गरेको थियो भने हिजो आईतवार साउन ४ गते सो सम्बन्धि सूचना प्रकाशित गर्दै अनुमतिपत्र दिने कार्य स्थगित गरिएको जानकारी गराएको थियो ।

राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले सो नीति अगाडि नै २४ वटा कम्पनीहरुलाई आशयपत्र दिएको जानकारी दिए ।

‘हामीले अब नयाँ अनुमति माग्न आउनेलाई अनुमति नदिने भनेका हौं, यसअघि नै आवेदन दिएका र प्रकृया पुरा गरेका कम्पनीलाई एलओआई दिएका छौं,’ कार्यकारी निर्देशक कँडेलले भने ।

उनकाअनुसार यी नयाँ एलओआई पाउने कम्पनीहरुले नीतिगत व्यवस्थाअनुसार आगामी ६ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्नेछ ।

तोकिएको समयअवधि भित्र सेवा सञ्चालन नभएमा अनुमतिपत्र रद्ध हुनसक्ने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकले भुक्तानी सेवाको कामगर्न नयाँ आशयपत्र दिएसँगै हाल बजारमा रहेका १४ भुक्तानी सेवा प्रदायकसहित ३५ वटा सेवा प्रदायक कम्पनी हुने भएका छन भने हालका ९ भुक्तानी सेवा संचालकसहित कुल १२ वटा भुक्तानी सेवा संचालक कम्पनी हुनेछन् ।

यसका साथै मौद्रिक नीतिबाटै राष्ट्र बैंकले भुक्तानी सेवा दिने कम्पनीहरुले तोकिएको मापदण्ड पुरा गर्नुपर्ने उल्लेख गरेको छ भने निश्चित तहमा ग्राहक संख्या बनाउन सक्नुपर्नेछ। सो मापदण्ड पुरा नभएमा समेत अनुमतिपत्र खारेज हुन सक्नेछ ।

यो पनि हेर्नुहोस्-

अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकसँग मात्र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गर्न पाईने

easy care

प्रकाशित: ६ श्रावण २०७७, मंगलवार

ताजा समाचार