नेपाल टेलिकमको भुक्तानी सेवा प्रदायक कम्पनी आउने निश्चित, राष्ट्र बैंकले दियो आशय पत्र

Technology Khabar ५ श्रावण २०७७, सोमबार

नेपाल टेलिकमको भुक्तानी सेवा प्रदायक कम्पनी आउने निश्चित, राष्ट्र बैंकले दियो आशय पत्र
Classic Tech

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकको संयुक्तरुपमा स्थापना गरिने भनिएको भुक्तानी सेवा प्रदायक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ।

दुबै कम्पनीले संयुक्तरुपमा भुक्तानी सेवा प्रदायक कम्पनीको कार्य गर्न अनुमति माग्दै राष्ट्र बैंकमा अनुमति मागेको करिब १ वर्षपछि लेटर अफ इन्टेन्ट (एलओआई) पत्र प्राप्त गरेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले गएको शुक्रबार पत्र प्राप्त गरेको जानकारी दिए । उनले अब सो भुक्तानी सेवा कम्पनीको कार्य अगाडि बढाउने बताए ।

राष्ट्र बैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलले नेपाल टेलिकमसहित अन्यलाई पनि एलओआई दिईएको जानकारी दिए । उनले सो पत्र पाएको ६ महिनाभित्र सेवा संचालन गर्नुपर्ने नीतिगत व्यवस्था रहेको बताए ।

‘अब पत्र पाएका सबैले ६ महिनाभित्र सेवा संचालन गर्नुपर्नेछ नत्र अनुमति पत्र रोकिने नीतिगत व्यवस्था रहेको छ,’ उनले भने ।

यसअघि दुबै कम्पनीहरुले संयुक्तरुपमा डिजिटल पेमेन्ट कम्पनीको नाममा कारोबार गर्नेगरि कम्पनी स्थापनाको सम्पूर्ण कार्य सम्पन्न गरेको भएपनि राष्ट्र बैंकबाट अनुमति नआउँदा काम अगाडि बढ्न सकेको थिएन् ।

अब भने दुबै कम्पनीले काम अगाडि बढाउन सक्नेछन् ।

सरकारको अधिनमा रहेका दुबै कम्पनीहरुले संयुक्तरुपमा भुक्तानी सेवाको कार्य गर्नेगरि काम शुरु गरेका थिए जसमा १ अर्ब रुपैयाँको कम्पनी खडा गरिएको छ । जसमा अधिकांश शेयर नेपाल टेलिकमको हुनेछ ।

राष्ट्र बैंकबाट अनुमति पाएसँगै अब कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेर प्रकृया शुरु हुनेछ ।

सम्बन्धित-

नेपाल टेलिकमको डिजिटल पेमेन्ट सिस्टम तत्काल नआउने, कानून नै संसोधन गर्नुपर्ने अवस्था

TK Viber

प्रकाशित: ५ श्रावण २०७७, सोमबार

Loading...