अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकसँग मात्र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गर्न पाईने

Technology Khabar १९ असार २०७७, शुक्रबार

अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकसँग मात्र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गर्न पाईने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले अनुमति पाएका डिजिटल पेमेन्ट कम्पनीहरुसँग मात्र बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानी सेवा संचालनको लागि सहकार्य गर्न सक्ने बताएको छ ।

राष्ट्र बैंकले आजै सार्वजनिक सूचना प्रकाशित गर्दै केही बैंक तथा वित्तीय संस्थाहरुले अनुमति नलिएका संस्थाहरुलाई समेत डिजिटल पेमेन्ट पार्टनरको रुपमा आबद्ध गराएको भन्ने जानकारी प्राप्त गरेको उल्लेख गरेको छ ।

सो विषयमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको भन्दै भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेलले बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानी सेवा संचालन गर्न सक्ने बताए ।

केन्द्रिय बैंकले डिजिटल पेमेन्ट पार्टनरको रुपमा अन्य संस्थासँग आबद्धता गर्नु पर्दा अनुमति प्राप्त गरेका संस्थाहरुसँग मात्र गर्न गराउन भनेको छ ।

यी हुन अनुमति प्राप्त भुक्तानी सेवा संचालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरु –

Licenced_Institutions_Upto_Jesth_2077(1)

यो पनि हेर्नुस्-

१४ वटा भुक्तानी सेवा प्रदायक मध्ये आइएमई पे मात्र ‘पब्लिक’ कम्पनी, शेयर जारी गर्ने योजना

easy care

प्रकाशित: १९ असार २०७७, शुक्रबार