आजियाटाको उपस्थिती रहेका बजारमा आजियाटा डिजिटलले सेवा बिस्तार गर्ने, नयाँ लगानी भित्र्यायो

Technology Khabar १२ असार २०७७, शुक्रबार

आजियाटाको उपस्थिती रहेका बजारमा आजियाटा डिजिटलले सेवा बिस्तार गर्ने, नयाँ लगानी भित्र्यायो

काठमाडौं ।

मलेशियाको आजियाटा डिजिटलले आफ्नो बढ्दो डिजिटल वित्तीय सेवाहरूको व्यवसायलाई प्रबद्र्धन गर्न ग्रेट ईस्टर्नसँग ७ करोड अमेरिकी डलरको रणनीतिक लगानी भित्र्याएको छ। यो आजियाटा डिजिटलद्वारा वित्तीय उद्योग खेलाडीहरूबाट सुरक्षित गरिएको तेस्रो रणनीतिक लगानी हो ।

आजियाटा डिजिटल नेपालको मोबाइल अपरेटर एनसेलको लगानीकर्ता समूह आजियाटा ग्रूप बर्हादअन्तरगतको कम्पनी हो ।

यस लगानीको साथ, ग्रेट ईस्टर्नले आजियाटा डिजिटलको डीएफएस व्यवसायको लागि होल्डिग कम्पनीमा २१.८७५ प्रतिशत सेयर लिएको छ र बाँकी शेयर आजियाटा डिजिटल सर्भिसेज अन्तरगत रहेको छ ।

लगानी अन्तरगतको कम्पनीलाई बूस्ट होल्डिङ्गस बर्हाद भनिनेछ र यसले ई वालेट र लाइफस्टायल एप बनाउने छ । जसमा बूस्ट मलेशिया र इण्डोनेसिया रहेको छ । यसका साथै बंगलादेशमा स्थानिय बैंकसँगको सहकार्यमा ट्रस्ट आजियाटा डिजिटल लिमिटेड स्थापना गरेको छ जसले एपिआई प्लेटफर्म तयार पारेको छ ।

कम्पनीले नयाँ लगानीपछि अन्य आजियाटा बजारहरुमा समेत यी सेवा सुबिधाहरु उपलब्ध गराउनेछ, जहाँ व्यापारीहरु र ग्राहकहरुबिच इको सिस्टम तयार पार्नेछ ।

easy care

प्रकाशित: १२ असार २०७७, शुक्रबार

ताजा समाचार