भारत-चीन सीमा विवादका बीच चिनियाँ एप्स प्रयोग नगर्न उर्दी

Technology Khabar ५ असार २०७७, शुक्रबार

भारत-चीन सीमा विवादका बीच चिनियाँ एप्स प्रयोग नगर्न उर्दी

काठमाडौं ।

पछिल्लो दिनमा भारत र चीनबिचको सीमा विवादले उत्पन्न तनावका बिच भारतमा चीनका उत्पादन र सेवाहरु प्रयोग नगर्ने लहर चलेको छ ।

यहि बेलामा उत्तर प्रदेशको विशेष टास्क फोर्सले एक गोपनीय पत्र जारी गरेको छ र आफ्ना सबै कर्मचारीहरुलाई चिनियाँ एप्स हटाउन निर्देशन दिएको छ।

एसटीएफ भित्र एक आन्तरिक पत्र जारी गरिएको छ। जसकाअनुसार डाटा चोरी हुने सम्भावना बढी भएको भन्दै ५२ वटा चिनियाँ एपहरूलाई सकेसम्म चाँडो अनइन्स्टल गर्न भनिएको छ ।

आईजी एसटीएफका अमिताभ यशले मोबाइलबाट ५२ चिनियाँ एप्स हटाउने आदेश दिएका हुन्। एसटीएफका व्यक्ति र तिनका परिवारहरूलाई एप हटाउन आदेश गरिएको छ।

एसटीएफले केन्द्रीय गृह मन्त्रालयको निर्देशन अनुसरण गरी यो आदेश जारी गरेको बताइएको छ। यी एपहरूबाट व्यक्तिगत र अन्य डाटा चोर्ने सम्भावना भएको बताईएको छ ।

यो सूची अप्रिलमा तयार गरिएको थियो। यस सूचीमा लोकप्रिय एपहरू टिकटक, जूम एप, यूसी ब्राउजर, क्लीन मास्टर, जेण्डर र शेयर च्याट लगायत समावेश छ।

यी एप्स भारतका लाखौं मानिसहरूले प्रयोग गर्दछन् । एजेन्सीका साथ

easy care

प्रकाशित: ५ असार २०७७, शुक्रबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार