इ-कमर्श कम्पनी सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको १० लाख डलर लगानी

Technology Khabar ३ असार २०७७, बुधबार

इ-कमर्श कम्पनी सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको १० लाख डलर लगानी

काठमाडौं ।

नेपालको स्थानिय अग्रणी इ-कमर्श कम्पनी सस्तोडिल डटकममा डोल्मा इम्प्याक्ट कोषको लगानी थपिने भएको छ । कोषले सस्तोडिलमा एक १० लाख डलरको अतिरिक्त लगानी गर्ने भएको हो।

हाल चलिरहेको लगानी जुटाउने काम अन्तर्गत सस्तोडिलले अन्य शेयरधनिहरु सँगसँगै डोल्मा इम्प्याक्ट फण्डबाट पनि कोष संकलन गरेको हो । उक्त लगानी कम्पनीको वार्षिक आम्दानी आगामी १८ महिनामा रु एक अर्व पुर्याउने ‘माईलस्टोन’ लक्ष्य हाासिल गर्न प्रयोग गरिने कम्पनीले जानकारी दिएको छ ।

सन् २०११ मा स्थापित, सस्तोडिलको कोभिड–१९ प्रभाव पर्नु भन्दा अगाडी बृद्धि ३०० प्रतिशतको हाराहारीमा भएको सस्तोडिलका निर्देशक एवं सिइओ अमुन थापा बताउँछन्। लकडाउनको क्रममा, नयाँ ग्राहकहरुको संख्या झन धेरै बढ्दै गएको थापाले बताए।

‘सरकारको नीति अनुसारमा लकडाउनमा ग्राहकलाई आवश्यक सामाग्री पुर्याउन हामीले सरकारको एक हिस्सा भएर काम गरेका थियौं । अहिले लकडाउन सहज हुँदै गइरहेको बेला पहिलेभन्दा माग झन् बढेको छ किनकी अब नयाँ ग्राहकहरु अनलाइन शपिंगको बारेमा धेरै जानकार भइसकेका छन्,’ सिईओ थापाले भने ।

डोल्मा इम्प्याक्ट कोष, नेपालमा पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी कोष लगानीकर्ताको रुपमा परिचित छ । सो कोष सस्तोडिलको पहिलेदेखि नै एक शेयरधनिको रुपमा रहेको थियो । उक्त कोषले सस्तोडिलको लगानी वृद्धि गर्नको लागि अन्य शेयरधनिहरुसँगै एउटा महत्वपूर्ण लगानीलाई अनुमोदन गरेका छन्। ।

उक्त कोष वृद्धिले उत्पादनको वर्गिकरण, नयाँ प्रतिभालाई स्थान, कोर अपरेशन, विक्रेता सशक्तीकरण र नेपालका अन्य क्षेत्रहरुमा सेवा विस्तार लगायतका क्षेत्रहरुलाई समेट्ने थापाले बताए।

काठमाडौ बाहिरका उपभोक्तालाई मध्यनजर गर्दै थापाले भने- “लकडाउनको बेलामा काठमाडौं उपत्यका भित्रका ग्राहकहरुलाई सेवा सीमित गर्नु पर्‍यो । यसर्थ यस लगानीले हामीलाई काठमाडौ भित्र र बाहिरका दुबै उपभोक्ता र व्यवसायि माझमा सेवा लिएर जान मद्दत गर्नेछ।’

डोल्मा इम्प्याक्ट फन्डका सीईओ टिम गोचर भन्छन्-“यो छिटो बृद्धि हुने उद्योग हो जसले लकडाउनको क्रममा महत्वपूर्ण काम गरेको थियो। यो नयाँ लगानीले सस्तोडिल प्रतिको हाम्रो विश्वास लगायत स्वास्थ्य सेवा र नवीकरणीय उर्जा जस्ता क्षेत्रहरुमा हाम्रो लगानीलाई निरन्तरता दिन अझ बलियो आधार दिएको छ । स्थानीय साझेदार सँगै यस ‘फाइनान्सिंग’को नेतृत्व गर्न पाउँदा हामी हर्षित छौं।’

आउँदो दिनमा सस्तोडिलले एउटा बाहिरी कम्पनिसंग एक ठूलो साझेदारी गर्ने योजना राखेको छ। कम्पनीका सीसीओ अमितेश रायका अनुसार यो साझेदारी नेपालका लागि गेम चेन्जरुको रुपमा स्थापित हुनेछ ।

‘हामी आशा गर्दछौं कि यस घोषणाले सम्पुर्ण नेपाली उत्साहित हुनेछन्,’ रायले भने ।

easy care

प्रकाशित: ३ असार २०७७, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार